निर्वाचन आयोगले सूर्य चिन्ह हामीलाई दिन्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिन्ह नपाए देशमा ‘कयामत’ हुने चेतावनी दिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको काठमाडौं जिल्ला भेलालाई बुधवार सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग र सर्बोच्च अदालतलाई चेतावनीको भाषा दिँदै कयामत हुने बताएका हुन् । प्रचण्डले भने– निर्वाचन आयोगले विश्वास दिलाएको छ । सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ । यदि भएन भने यहाँ ‘कयामत’ आउछ, यो देशमा आँधिहुरी वतास आउछ । केपी ओलीले संविधाान मिचेर छुरा धसे जस्तै अरु संवैधानिक निकायले पनि त्यसै गरे भने जनता हेरेर बस्दैनन् ।

दुई तिहाई बहुमतले हटाइसकेको केपी ओलीलाई निर्वाचन आयोगले अध्यक्षकै रुपमा मानेर पत्राचार गरेकोमा पनि आफूहरुले आपत्ति जनाइसकेको जानकारी प्रचण्डले दिए ।केपी ओलीप्रति आक्रोशित रुपमा प्रस्तुत भएका प्रचण्डले ओली निर्घिणी र जोकरका रुपमा प्रस्तुत भएको टिप्पणी गरे । उनले मान्छेलाई भ्रममा पार्ने कला ओलीमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...