३ वर्ष सरकारमा बसेर खाएकाहरु अहिले सडकमा ढुंगा हान्दैछन् : मन्त्री रायमाझी



हाम्रो इकोनोमि

 

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ३ वर्षसम्म केपी ओली नेतृत्वको सरकारमा बसेर तर मारेकाहरु अहिले सडकमा ढुंगा हान्दै हिँडेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा बुधवार आयोजित कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले ३ वर्षसम्म सरकारमा बसेर अन्तिममा प्रधानमन्त्रीलाई नै ‘कु’ गर्ने षड्यन्त्रको मतियार बनेकाहरु नै अहिले सडकमा ढुंगा हान्दै हिँडेको बताए ।

रायमाझीले भने– पार्टीभित्रैबाट सरकार ढालेर व्यवस्था नै धरापमा पार्ने षड्यन्त्र भएपछि सिस्टम बचाउँन प्रधानमन्त्रीले बाध्यात्मक कदम चाल्नुभयो । ३ वर्षसम्म सरकारमा बस्नेहरु अहिले ढुंगा हान्दै हिँडेका छन् । वास्तवमा यिनीहरु कसैलाई चुनाव जितिन्छ भन्ने नै छैन ।

रायमाझीले विस्तारै माहौल फेरिन लागेको दावी गर्दै केपी ओली नेपालको नायक भएकाले चुनाव ओली नेतृत्वकै पार्टीले जित्ने बताए । उनले नेकपा फुटेका बेला प्रतिपक्ष उत्साहित भएर चुनावमा जानुपर्नेमा अलमल गर्नुले पनि उनीहरुमा जितिन्छ भन्ने आत्मविश्वास नरहेको दावी गरे ।

अर्को प्रसंगमा मन्त्री रायमाझीले एमसीसी पास गरे पनि नगरे पनि विद्युत प्रसारण लाइनको लागि एक मिनेट पनि समय खेर फाल्न नसकिने बताए । उनले भदौदेखि नेपालको विजुली प्रसारण लाइनको अभावमा खेर जाने र अर्बौ रुपैयाँ राज्यलाई घाटा हुने भएकाले एमसीसीको बारेमा दलहरु र सरकार एउटा टुंगोमा पुग्नै पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...