नेता रावलको ४२ करोड भ्रष्टाचार काण्डको पर्दाफास, जेल जाने खतरा



हाम्रो इकोनोमि

 

केपी ओली नेतृतवको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवम् वन मन्त्री प्रेम घलेले पूर्वमन्त्री डा.भीम रावलले ४० करोड भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ता दिने क्रममा आलेले डा.रावल सबैभन्दा ठूलो भ्रष्टाचारी भएको बताए । उनले भने, ‘०५५ सालमा पर्यटन मन्त्री भएका बेला डा.भीम रावलले चाइना साउथ वेस्ट खरिदमा ४० करोड भ्रष्टाचार गर्नुभएको छ । भ्रष्टाचार गरेकै कारण पर्यटन मन्त्री रहँदा निर्वाचनमा उम्मेदवार बनेका बेला अछामका जनताले भ्रष्टाचारी भनेर उहाँलाई ०५६ सालमा हराएर पठाएका हुन् ।’

मन्त्री आलेले डा.रावल रक्षा मन्त्री हुँदा नेपाली सेनाको बिस्कुट खरिदमा दुई करोड रुपियाँ भ्रष्टाचार गरेर खाएको आरोप पनि लगाएका छन् । ‘रक्षा मन्त्री रहेका बेला डा.रावलले सेनाको बिस्कुट खरिदमा दुई करोड खाएको होइन ? सार्वजनिक लेखा समितिमा सांसद रामहरि खतिवडाले कुरा उठाएको होइन ?’, मन्त्री आलेले प्रश्न गर्दै भनेका छन्, ‘मैले व्यवसाय गर्न नपाउने ? ठेक्का पट्टा गर्न नपाउने ? बहादुरसिंह लामा पनि ठेकेदार हो नि ।’

मन्त्री आलेले डा.रावलले अछाममा रावल र कुँवरमा मात्रै सीमित भएर राजनीति गरेको बताएका छन् । ‘रावलवाद र कुँवरवादमा भीम रावलको राष्ट्रवाद समाप्त हुन्छ’, उनले भनेका छन् । ‘डा.भीम रावल विकास प्रेमी होइन विकास विरोधी हो । उहाँ पटक–पटक उप–प्रधानमन्त्री र मन्त्रीहरू बन्नुभएको छ । केही काम गर्नुभएको छैन’, मन्त्री आलेले भने, ‘डा.भीम रावलले गरेको भन्दा धेरै काम गरेर देखाउँछु ।’

मन्त्री आलेले आफूलाई डा.रावलले काठ तस्कर भनेर लगाएको आरोप अस्वीकार गरेका छन् । ‘म काठ तस्कर होइन । ०५५ सालमा जिविसको सदस्य थिएँ । सल्लाका रुख काटिएका थिए । त्यस बेला मैले रुख काटिएको विषयमा आवाज उठाएँ । सुनुवाइ भएन । वन विभागमा उजुरी हाले । अछामका वन कार्यालयका हाकिम हरि नाराययण मण्डलसहितका कर्मचारीलाई निलम्बन गराएँ ।’

‘राधेश्याम बलायरको पार्टनर भनेर मलाई बदनाम गरियो’, उनले भने, ‘अदालतमा मैले मुद्धा हाले । जिल्ला र पुनरावेदनबाट मेरो पक्षमा फैसला भएको छ ।’ मन्त्री आलेले पूर्वमन्त्री डा.रावललाई नातावादको आरोप लगाउँदै वन तस्करहरूलाई संरक्षण गरेर राखेको बताएका छन् ।

‘सुदूरपश्चिम प्रदेशमा लेखा समितिमा डा.भीम रावलका मान्छे छन् । माया भट्ट अहिलेको वन मन्त्री डा.रावलको मान्छे हो । सर्वदन पनि उहाँकै मान्छे हो । गोविन्द कुँवर आफ्नै भिनाजु हो । पदम कुँवर लेखा समितिको सभापति हो । काठ व्यवसायी कर्ण कुँवर उहाँकै मान्छे हो’, मन्त्री आलेले भने, ‘डा.रावलले हो वन तस्करलाई संरक्षण गरेको । वन विनास गर्ने डा.रावल हो । म होइन । रावलका मान्छे तस्कर हुन् ।’

मन्त्री आलेले सुदूरपश्चिममा डा.रावललाई हराउने चेतावनी दिएका छन् । उनले भने, ‘सुदूरपश्चिममा एक सिट जिताएर देखाउनुस् मेरो चुनौति छ । होइन भने ओलीको पक्षमा माहोल छ ।’

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...