संसद पुनर्स्थापनाको कुरा गर्नेहरू भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् : प्रभु साह



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकास मन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन् । नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाली कांग्रेस र जसपासंगै माधव-प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारीमा रहेको जीकिर गरे ।

संसद पुनर्स्थापनाको माग राखेर गरिरहेको आन्दोलन हात्तीको देखाउने दाँतजस्तो हो । सबैको चाहना चुनाव नै भएकोले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई प्रदेश अध्यक्ष साहले निर्देशन दिए । `अहिले सडकमा देख्न सक्नुहुन्छ, केही नेता तथा राजनीतिक दल संसद पुनर्स्थापनाको माग राखेर आन्दोलन गरिरहेका छन् ।

तिनीहरूको भ्रममा नपर्नुस्, उनीहरु सबै भित्रभित्रै चुनावको तयारी गरिरहेका छन्´ नेता साहले भने, `हात्तीको देखाउने दाँत र खाने दाँत फरक हुन्छ, यो पनि त्यस्तै हो । झट्ट हेर्दा आन्दोलन गरेजस्तो देखिन्छ तर उनीहरु केन्द्र देखि गाउँ गाउँसम्म चुनावी तयारीमा लागिसकेका छन् ।´ `कांग्रेस र मधेशी दलभन्दा बढी चुनावी तयारीमा माधव नेपाल र प्रचण्ड लागेका छन । त्यसैले कुनै किसिमको दुबिधामा नरही चुनावको तयारीमा लाग्नुस कमरेडहरु ।

बैशाख १७ र २७ गते चुनाव हुन्छ´ नेता साहले थपे । कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र रघुवीर महासेठ, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...