जनताको अदालतले संसद पुनःस्थापना गर्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

पूर्व प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वाेच्च अदालतका न्यायाधीशरुको समेत अभिव्यक्ति सुनेपछि प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क बनेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा पुनःस्थापना कुनै हालतमा नहुने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएका प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा अदालतले संसद पुनःस्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रचण्डले भने– सर्वाेच्चले संसद पुनःस्थापना गर्छ भन्नेमा मलाई पूर्ण विश्वास छ । यो कुनै काल्पनिक विश्वास होइन, कुराकानीका आधारमा हो । धेरैसँगको अन्तरक्रिया, संविधानविदहरुको कुरा र न्यायधीशहरुको अभिव्यक्ति सुनेपछि म ढुक्क भएको हुँ, तपाईहरु पनि ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ ।

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गरेमा वा अन्यथा भएमा सबैभन्दा ठूलो जन अदालत नै भएकाले आफूहरु जनअदालतमा जाने बताए । प्रचण्डले आफूहरु सर्वाेच्च अदालतप्रति विश्वस्त रहे पनि जनताको अदालत जागरुक बनाउने बेला आएको बताए । उनले भने– सर्वाेच्चले संविधानको सही ब्याख्या गर्छ । ढिलाइ भयो वा अन्यथा भयो भने सबैभन्दा ठूलो अदालत भनेको जनताको अदालतनै हो । जनताको अदालतले हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा ७-८ वर्षपछि संसद पुनःस्थापना गरेको थियो । हामी फेरि एकपटक जनताको साथमा जानुपर्ने हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...