जनयुद्ध कुहिएको फर्सी भन्ने कुराले हँसायो : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लोगेको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो कुरा कसरी सुन्न सकेको भनेर आफ्ना पूर्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन्।

उनको भनाइ थियो, ‘पूर्वमाओवादी साथीहरु, जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेकाे ?’

जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो ? भनेर उनले ओलीप्रति पनि प्रश्न खडा गरेका छन्। ‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक भनेर गरेको हस्ताक्षर कीर्ते थियो त ?,’ उनको प्रश्न थियो।

प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे। ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...