७० बर्षको इतिहासमा नै ओली जत्तिको प्रधानमन्त्री कोही नरहेको यस्तो छ तथ्य



हाम्रो इकोनोमि

 

 

दुई वटा भारतीय समाचार संस्थालाई दिएको अन्तरवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा चुलिएको छ। राष्ट्रवादका निम्ति ७० बर्षको इतिहासमा नै ओली जत्तिको प्रधानमन्त्री कोही नरहेको टिप्पणी हुन थालेको छ।

भारत–नेपाल–चीन सम्बन्धका विषयमा उठेका कतिपय सवालमा उनले भुगोल ठूलो सानो भए पनि राष्ट्रियता सबैको समान हुने जवाफ दिएका थिए। यससँगै धार्मिक र पूर्वीय संस्कृतिका रुपमा नेपाली भूमीको महत्वलाई दर्शाएका प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरे। यसबाहेक गलवान क्षेत्रमा भारत–चीनको समस्यामा अन्य देशको समर्थन आए पनि नेपालले नगरेको विषयमा आफ्नो सरोकारको विषय प्राथमिकतामा रहेको बताए।

प्रतिनिधि सभा विघटनका कारण केही आलोचना खेपेका प्रधानमन्त्री ओलीका लागि यो अन्तरवार्ता विवाद चिर्ने र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका लागि भने नैतिक राजनीतिक संकटका रुपमा देखा परेको छ।

हालै मात्र भारत पुगी नेपालको राजनीतिक समस्या समाधानमा भूमिका खेलिदिन प्रचण्डले आग्रह गरेका थिए भने प्रतिनिधि सभा विघटनमा आफूहरूको आन्दोलनमा भारतको हस्तक्षेप चाहेको बताएका थिए। ओलीले राष्ट्रवादी विचार र अडान कायम राखेका बेला प्रचण्ड र नेपाल समूहले भारतीय हस्तक्षेपलाई खुलेआम निम्तो दिएको भन्ने संदेश पुगेको छ।

प्रधानमन्त्री ओलीले भारतले आफ्नो सत्ता गिराउन खोजेको भन्ने अभिव्यक्ति दिएका बेला प्रचण्डले भारतले नभई आफूले राजीनामा मागेको भन्दै राजीनामा माग गरेका थिए। एक राजनीतिक विश्लेषक भन्छन्,‘प्रधानमन्त्रीको पछिल्लो अन्तरवार्तामा देखिएका विचारले नेकपाभित्र प्रचण्डलाई राजनीतिक नैतिक धरापमा पारेको छ। ठूलो जनमत ओलीको पक्षमा उर्लिने सम्भावना छ।’

गएको निर्वाचनमा पनि ओलीको राष्ट्रवादका कारण नै ठूलो जनमत आएको थियो। नाकाबन्दीका बेला खुलेआम भारतविरुद्ध बयानबाजी दिएको र नडग्ने अडान राखेका कारण ओली प्रधानमन्त्रीका रुपमा नौ महिने कार्यकालमा लोकप्रिय थिए, जसको परिणाम प्रतिनिधि सभा चुनावमा देखिएको थियो।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...