प्रचण्ड–माधव गुटले सूर्य चिन्ह र आधिकारिकता नपाउने यस्तो छ तथ्य



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगले नेकपाकै बिधान पढाएर पठाइ दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको बिधान, बैठक बोलाउने बैधानिक ब्यवस्था र अध्यक्षको हैसियतबारे प्रष्टै जवाफ दिनुभएको हो ।

प्रचण्ड र नेपाल आज दलबलसहित निर्वाचनको तयारीको काम अघि नबढाउन धम्कीसहित आयोगमा पुग्नुभएको थियो । चुनाव भन्यो कि तर्सेर भाग्न थाल्नुभएको प्रचण्ड र माधवले आयोगलाई किन निर्वाचनको काम नरोकेको भन्दै धम्की दिएपछि थपलियासहितका आयोगका पदाधिकारीहरुले आफूहरु संबिधानअनुसार सरकारले घोषणा गरेको निर्वाचन गराउने दायित्वमा रहेको भन्दै यस्तो कुरा लिएर फेरि आयोगमा नआउने सचेत समेत गराउनु भएको थियो । आफूलाई अध्यक्षको मान्यता नदिएको भन्दै रिसाउँदै पुग्नुभएका बरिष्ठ नेता नेपाललाई त आयोगका पदाधिकारीले बिधान पढाएर पठाएको छ ।

‘तपाईहरुले आयोगमा बुझाएकै बिधानले तपाईहरुको बैठक बैधानिक हो भन्छ र ? तपाईहरुको राजनीतिमा आयोगलाई नतान्नोस, आयोगले मुलुकको संबिधान र तपाईहरुको बिधान हेर्छ, अध्यक्ष को छ ? महासचिव को छ ? बिधानअनुसार बैठक बसेको छ कि छैन भन्ने तथ्य हेरेर निर्णय दिन्छ,’ आयोग पदाधिकारीको जवाफ थियो । आयोगले माधव नेपाललाई नेकपाको अध्यक्ष मान्नै नसकिने तथ्य पनि राखिदिएको छ ।

‘बिधिवत रुपमा नेकपाको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड हुन, दुईको सहमति र महासचिवले बिधिवत रुपमा राखेको प्रस्तावमा हुने निर्णय मात्रै बिधानअनुसार मान्यता पाउँछ, अन्यथा आयोगले त्यस्ता निर्णयलाई मान्यता दिँदैन,’ प्रचण्ड र माधवलाई निर्वाचन आयोगको जवाफ थियो । आयोगको यो भनाईले नेकपा र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको मुल पार्टीमै रहने प्रष्ट भएको छ । तर प्रचण्ड–माधव समुह भने धम्कीको भरमा र सडकको संख्या गनेर आफूहरु नै आधिकारिक हुने अफवाह फैलाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...