देशभर पत्तासाफ हुने भएपछि चुनावको बिरुद्धमा लाग्यो प्रचण्ड–माधव समुह



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिभाजन भएर छुट्टै समुह खडा गर्नुभएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालको समुहले तोकिएकै मितिमा चुनाव हुँदा आफ्नो पार्टीको अवस्था निकैदयनीय हुने निश्कर्षका साथ चुनावको बिरोधमा उत्रिएको तथ्य बाहिर आएको छ । आफूहरुको राजनीति सुरक्षित राख्नका लागि जसरी पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने ठहर सो समुहले गरेको हो ।

‘हामी चुनावका लागि तयार छैनौं, पार्टी फुटाएर चुनावमा जाँदा कँही पनि जितिन्न भन्ने कुरा त सवैले बुझेकै छन,’ चुनावको बिरोध किन भन्ने  प्रश्नमा प्रचण्ड–माधव समुहका स्थायी समितिका एक नेताले भने, ‘प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भनेर धेरै नेताहरु यता लागेका छन, चुनावतिर मुलुक गयो भने त ती सवै फर्कन्छन, त्यही भएकोले प्रचण्ड र माधव कमरेडहरु जसरी पनि संसद पुनःस्थापना हुनुपर्छ भन्ने अभियानमा हुनुहुन्छ, त्यही अडानका लागि उहाँहरु आफै निर्वाचन आयोगमा पुगेर चुनवको तयारी अघि नबढाउन भन्नुभयो, तर आयोगले त्यस्तो कुरा सुन्नै चाहेन ।’

ती नेताका अनुसार संसद बिघटन अदालतबाट जसरी पनि उल्ट्याइन्छ भनेर प्रचण्ड र माधव नेपालले झण्डै दुई दर्जन सांसदलाई आफूतिर तान्नुभएको छ । चुनाव हुने भनेपछि उनीहरु अध्यक्ष केपी शर्मा ओलीतिरै जानेछन । आफ्नो गृहजिल्लामा आयोजित एक कार्यक्रममा सो समुहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद पुनःस्थापना नभए सर्वनाश हुन्छ भन्दै आफ्नो दलको बास्तविकता खोलिसक्नु भएको छ । ‘संसद पुनःस्थापना नभए हामी सर्वनास हुन्छौं,’ भुसालले भन्नुभएको थियो । सो समुहले देश सर्वनास हुन्छ भन्दै भाषण गरे पनि बास्तविकता भने आफूहरु सर्वनाश हुने निश्कर्ष रहेको भुसालको सो भनाईले प्रष्टसँग बाहिर ल्याइदिएको छ ।

पूर्वमन्त्री भुसालको सो भनाईपछि प्रचण्ड–माधव समुहमा रहेका बिघटित प्रतिनिधिसभाका झण्डै दुई दर्जन सांसदहरु पुरानै घर फिर्ता हुने तयारीमा रहेका छन । ‘भारततिर सेटिङ मिलाएर जसरी पनि अदालतबाट संसद पुनःस्थापना हुन्छ भन्ने ठोकुवा गरेर यता ल्याइएका थुप्रै सांसदहरु ओलीतिरै फर्कने अवस्था छ,’ अर्का नेताले भने । स्रोतका अनुसार पत्नीको उपचारको बहानामा भारत मिलाउन जानुभएका अध्यक्ष प्रचण्डलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै प्रचण्ड–माधव समुहलाई साथ दिँदा झण्डै दुई तिहाइ नेपाली जनता भारतको बिरुद्धमा खडा हुने तथ्य बुझेर भेटघाट समेत नदिएपछि सो समुह सेटिङ गराएर संसद पुनःस्थापना गर्ने बाटो सकिएको निचोडमा पुगेको छ ।

सो समुहलाई संबिधानले स्पष्टसँग बिघटनको बाटो दिए पनि कुतर्क गरेर प्रधानमन्त्रीलाई संसद बिघटनको अधिकार नै छैन भन्दै अफवाह फैलाइ रहेको छ । सो समुहले चार जना पूर्वप्रधानन्यायाधीशलाई समेत प्रयोग गरेर अदालतबाट संसद पुनःस्थापना हुनुपर्छ भन्ने बक्तब्य जारी गराएको छ । आफ्नो पार्टीका लागि यति काम गराउन सो समुहले चार श्रीमानहरुलाई बिदेसी शक्तिसमेत परिचालन गरेको बुझिएको छ । पार्टी बिभाजनको मुख्य कारक आफूहरु रहेको र ओली सरकारलाई काम गर्न नदिएको तथ्य जनताले बुझिसकेको कारण पनि सो समुह तत्काल चुनावतिर जान नहुने अडानमा छ ।

स्रोतका अनुसार चुनावमा जाँदा प्रचण्ड नै चितवनबाट नभई रोल्पा, रुकुम र हुम्लातिर जानुपर्ने भएको भन्दै पुनःस्थापना भए सांसद खरिदबिक्री गरेर भए पनि जोहो हुने निश्कर्षमा छ । स्रोतका अनुसार संसद पुःनस्थापना भयो भने ओलीतिरका पनि यतै आउँछन, बिघटन गरेको कारण प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ, त्यस्तो बेला हामी स्वतः प्रधानमन्त्री हुन्छौं भन्ने प्रचण्ड र माधवको बुझाइ छ, यसैका लागि सर्वाेच्चमाथि दवाव दिन सवै हतकण्डा अपनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...