आयोगलाई निर्वाचन नगराउन धम्की दिदै प्रचण्ड–नेपाल समुह



हाम्रो इकोनोमि

 

नेकपा प्रचण्ड–माधव समूह निर्वाचनबाट भाग्ने अवस्थामा पुगेका छन् । देशभरी विरोधका कार्यक्रम गरेको सो समुहले अपेक्षा गरेभन्दा निक्कै कम संख्यामा जनताले साथ दिएपछि अब निर्वाचन प्रक्रिया नै रोक्न दवाव दिने निचोडमा पुगेको हो ।

देशभरी प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आक्रमक संगठन विस्तार र कार्यक्रममा स्थानीयले साथ दिएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुह निर्वाचनको मैदान छाड्ने मुडमा पुगेको छ । भारतको सहयोग माग्न नयाँ दिल्ली हुँदै मुम्बई पुगेर फर्किएका प्रचण्ड अब निर्वाचन आयोगलाई तस्र्याउने निर्णयमा पुग्नु भएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा ‘हामी यहाँ छौं’ भनेर सडकमा धर्ना बसेर सर्वोच्चलाई धम्काईरहनु रहेको सो समुहले अब भने निर्वाचन आयोगलाई धम्क्याउने थालेको छ ।

सो समुहका एक नेताका अनुसार अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । आयोगले पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेको ति नेताले जानकारी दिए । ‘सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष जान लाग्नु भएको हो’, ती नेताले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...