प्रचण्ड-माधव नेपाल निर्वाचन आयोगमा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव)का अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले जवाफ दिन पठाएको पत्रप्रति पनि उनीहरुले असहमति जनाएका छन्। निर्वाचन आयोगले पुस २३ मा विभाजित दुवै नेकपालाई पत्र लख्दै दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार ७ दिन भित्र विवरण पठाउन अनुरोध गरिएको थियो।

आयोगले दुवै पक्षका अध्यक्षलाई मान्यता दिंदै विवाद निरुपणका लागि आधिकारिक विवरण पढाउन आग्रह गरेको थियो। तर, आफूहरु नै आधिकारिक भएको भन्दै प्रचण्ड र नेपालले आयोगलाई त्यसको स्मरण गराएका हुन्। प्रतिनिधिसभा विटघनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको अवस्थामा आयोगले निर्वाचनको काम अगाडि बढाएको भन्दै प्रचण्ड–माधव पक्ष असन्तुष्ट छ। उनीहरुले निर्वाचन आयोगले सर्वोच्चको मुद्दा प्रभावित पार्न सक्ने ठानेका छन् । त्यस्ता कार्यक्रम हाललाई स्थगन गर्न उनीहरुले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...