जनतालाई जोकर भन्ने शक्ति केन्द्रको नोकर’ गगनलाई महेशद्वारा १५ वर्षसम्मको छायाँ मन्त्रीको शुभकामना



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापालाई आगामी निर्वाचनमा राष्ट्रिय युवा संघका सामान्य कार्यकर्ताले हराउने चुनौति दिनुभएको छ । कांग्रेका नेता थापालाई कुन शक्तिको नोकर बनेर जनतालाई जोकर भनेको ? भन्दै नेता बस्नेतले गगन थापालाई १५ वर्षसम्मको छाँया मन्त्रीको शुभकामना दिनुभयो । कसैको इसारामा नेता थापाले एक कार्यक्रममा नेपाली जनता, प्रधानमन्त्री, राष्ट्रपतिलगायतलाई जोकर भनि उल्लेख गर्नुभएको थियो ।

नेता थापा विगतमा भारतीय एजेण्ट, अमेरिकी एजेण्ट भएको प्रमाणहरु समेत सार्वजनिक भएका थिए । त्यस्तै नेता थापा बाख्रा पालनको अनुदान पचाउने, आफु स्वास्थ्य मन्त्री भएको समयमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रमुखको नियुक्ति करोडौंको कमिशन, औषधी खरिदमा करोडौं कुम्ल्याउनेलगायतका भ्रष्टाचार तथा राष्ट्रघाती नेताको रुपमा परिचित हुनुहुन्छ ।

चाँगुनारायण नगरपालिकामा नगरस्तरिय अगुवा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै नेता बस्नेतले कांग्रेसका छाँया मन्त्रीको रुपमा समेत रहनुभएका नेता थापाले आफ्नो क्षेत्रका जनता तथा पार्टीभित्र गद्धारिपन मात्र गरेकाले आगामी निर्वाचनबाट थापाको अस्थित्व समाप्तको आधार तय हुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसका छायाँ मन्त्री गगन थापाले भक्तपुरमा आई केपी ओली पनि फिर्ता हुने भएकाले बालकोटको सडक पनि उद्घाटन गर्नुस् भनि मलाई भन्नुभएछ । तपाई जस्तो झुटको गीतमात्र गाईरहने हाम्रो समय छैन । पार्टी तथा जनताको पक्षमा काम गर्छौ । उद्घाटन गर्छौ, शिलान्यास गर्छौ, जनताको विकास प्रतिको सपना पुरा गर्छौ । हिम्मत भए आफ्नो क्षेत्रका जनताको चित्त बुझाउनुस् । अरुको खुट्टा तानेर नहिड्नुस् । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई चुनावमा लड्न चुनौति दिनुभएछ । तपाईको हैसियत कति हो भन्ने राम्ररी थाहा छ । राष्ट्रपति ज्यू,ले विगतमा तपाईका ठूलै नेतालाई सहजै रुपमा परास्त गरी मुलुकको नेतृत्व गर्नुभएको इतिहास साक्षी छ । तपाईलाई अब राष्ट्रपति विद्यादेवी भण्डारी हैन, युवा संघको सामान्य कार्यकर्ताले समेत निर्वाचनमा हराउँछन् । अबको तपाईको सपना पुरा हुने भनेको नै छाँया मन्त्री हो । अबको १५ वर्ष छाँया मन्त्रीको लागि सफल कार्यकालको शुभकामना ।’

कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा जनता नै न्यायाधिस रहेको साथै अदालतलाई कसैले चुनौति दिनु नमिल्ने बताउँदै केपी ओलीले निर्वाचनको तयारी गाउँ गाउँमा पुर्याउन थालेकाले कांग्रेसले पनि निर्वाचनको तयारी थाल्नुपर्ने तर्क प्रस्तुत गरेको जानकारी नेता बस्नेतले जानकारी गराउनुभयो । कांग्रेसका युवा नेता थापाले निर्वाचनभन्दा पहिला पार्टीको महाधिवेशन गरी देउवालाई हराउने साथै निर्वाचन पछि संयुक्त सरकार भएमा मन्त्री पाइन्छ कि भनेर च्याँखे थापेरहेको तथ्य नेता बस्नेतले सार्वजनिक गर्नुभयो ।

केपी ओलीलाई ढाल्नलाई सिठी बजाउने पुष्प कमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल आफै माइतिघरको सडकमा पुग्नुपरेको तथ्य उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड–माधवले आफ्नो अस्थित्व समाप्त हुने भएपछि कांगेसको शरण (कार्यालय)मा पुगी प्रतिगमन भयो भन्न थालेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीले नेतृत्व गरेको पार्टी फुलेको तोरीबारी जस्तै हो, प्रचण्ड–माधवले नेतृत्व गरेको झिंगा आउने फोहोरको डंगुर हो ।’

देशभर केपी ओलीको पक्षमा जनमत व्यापक मात्रामा सिर्जना भएको स्पष्ट पार्दै नेता बस्नेतले राजनीतिक डिप्रेसन भई झलनाथले केपी ओलीलाई अनावश्यक लान्छना लगाउने गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सामान्य ज्ञानमा लेखे पनि हुन्छ, जीउँदैमा झलनाथ खनाल फाउण्डेशन खोलेर राज्यको ७२ करोड रुपैंया लाने मान्छे को हो भनि ? सपनामा पनि सर्प सर्प भन्दै देख्नुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...