नेकपा केन्द्रीय कमिटी संख्या १५०१ पुग्यो



हाम्रो इकोनोमि

 

नेकपा ओली समूहले पुनः केन्द्रीय कमिटी विस्तार गरेको छ । यससँगै ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो । गत ७ पुसमा प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न यस समूहको केन्द्रीय कमिटी बैठकले पहिलो पटक विधान संशोधन गर्दै साबिक ४४६ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ सय सदस्यीय बनाएको थियो ।

मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ । ‘केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’, अपानिमा उल्लेख छ । यसअघि पुस ६ मा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी संख्या १ हजार १ सय ९९ पु¥याएका थिए । ओलीले प्रथम अध्यक्षको अधिकार प्रयोग गर्दै केन्द्रीय कमिटीमा मनोनयन गरेको अपानिमा उल्लेख गरिएको छ ।

पार्टी विभाजनलाई प्रोत्साहन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएसँगै अब सम्पूर्ण अधिकार ओलीमा रहेको पनि अपानिमा उल्लेख छ । केन्द्रमा जस्तै मातहतका कमिटीको संख्या पनि बिस्तार गर्न निर्देशन दिइएको छ । तर, कसैलाई नहटाउने नीति लिन पनि निर्देशन छ । ‘तत्काल कसैलाई कमिटीबाट नहटाउने तर आवश्यकता अनुसार कमिटीमा बढीमा प्रतिशतसम्म सदस्य मनोनयनको गृहकार्य गर्ने’, अपानिमा छ । नेकपाको केपी ओली समूहले २२ सय ५० जनासम्मको केन्द्रीय कमिटी बनाउने गरी दोस्रो पटक विधान संशोधन गरेको छ । तत्कालका लागि १५ सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएर ओली समूहले थप ५० प्रतिशतसम्म थप्न सकिने गरी अन्तरिम विधान संशोधन गरेको हो । एकीकृत नेकपाको बहुमत पक्षले भने प्रचण्ड–माधव समूहलाई साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...