देउवा बिरुद्द पौडेल गुटको गोप्य भेला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध एक भएर जाने बेला गुटको भेलामा जुटेको छ । काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा आइतबार पौडेल समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहलाई फाइदा हुने गरेर छलफल र परामर्श गरेको स्रोतले जनाएको छ ।

पौडेल समूहले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै प्रधानमन्त्री केपी ओलीलाई भन्दा पनि प्रचण्ड–माधव समूहसँग निकट हुने गरेर जान दवाव सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेको छ । गुटको भेलाले देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिएको निष्कर्ष निकालेको छ । पौडेल समूहले देउवाको गतिविधि र अभिव्यक्तिले ओलीको असंवैधानिक कदमलाई सहयोग पुगेको जनाएको स्रोतले जनाएको छ ।

प्रचण्ड र माधव नेपालसँग गोप्य भेट गरेका पौडेल निर्वाचनमा जान डराएका छन् । उनले देउवालाई असहयोग गर्दै प्रचण्ड–माधव समूहलाई फाइदा हुने गरेर गतिविधि गर्दै आएको भनेर आलोचना भएका बेला पौडेल समूहको गुटको भेला भएको छ । प्रचण्ड–माधव नेपालले पौडेललाई राष्ट्रपति बनाउने गोप्य प्रस्ताव राखेको समाचार चुहिएपछि पौडेल तनाबमा छन् ।

पौडेललाई चुनावमा पराजित हुन्छु भनेर निर्वाचनमा जान डराएको भनेर आरोप पनि लाग्दै आएको छ । पूर्वमन्त्री गोविन्दराज जोशीलाई कारबाही गराएर पार्टीबाट निस्काशन गर्न लगाउने पौडेलले केही दिन अगाडि मात्रै जोशीलाई स्वास्थ्य लाभको कामना गरेर फेसबुकमा स्टाटस लेखेका थिए । पौडेललाई तनहुँमा जित्नका लागि जोशीको सहयोग अनिर्वाय जस्तै छ ।

कांग्रेस आन्दोलनमा छ । आन्दोलनलाई कमजोर बनाउने गरेर पौडेल समूहको गुटको भेला भएपछि कांग्रेसका कार्यकर्तामा निरासा छाएको छ । पौडेल गुटको भेलाले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको एक नेताले बताएका छन् । नेता पौडेलले सभापति देउवाका कारण कांग्रेसमाथि प्रश्न उठेको बताएका छन् । देउवाले सर्वोच्च अदालतबाट संसद पुनःस्थापना वा निर्वाचन जे फैसला भएपनि कांग्रेसलाई स्वीकार्य हुने बताउँदै आएका छन् ।

पौडेलले कांग्रेस निर्वाचनका लागि तयार छ भन्नुको अर्थ असंवैधानिक कदमलाई साथ दिएको ब्याख्या गरेका छन् । कांग्रेसको आन्दोलनमाथि पनि पौडेल समूहले प्रश्न उठाएको छ । गुटको भेलामा सहभागीहरूले देउवाको चर्को आलोचना गरेका छन् । महामन्त्री डा. शशांक कोइरालाले आन्दोलनमा जनताको समर्थन बढेको बताएका छन् ।

पौडेल समूहको गुटको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, दिलबहादुर घर्ती, जीवन परियारलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

भेलामा पार्टीको १४औँ महाधिवेशन टार्ने सम्भावना देखिएको भन्दै नेताहरूले सभापतिलाई बुझाइएको १६ बुँदे माग पत्र कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् । समायोजन, क्रियाशील सदस्यता वितरण र नवीकरण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न सभापति देउवा अनिच्छुक भएको आरोप पौडेल समूहको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...