संसद पुनःस्थापना काँग्रेसको एजेण्डा होइन : रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले मुलुकलाई भूमरीबाट बचाउनका लागि नेपाली काँग्रेसले नेतृत्व लिने बताएका छन् । नेपाल प्रजातान्त्रिक विचार समाजले आइतबार आयोजना गरेको सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन कार्यक्रममा वरिष्ठ नेता पौडेलले वीपी कोइरालाले कुनै समय दक्षिण एशियामा भूमरी आउने भनेको स्मरण गर्दै अहिले प्रतिनिधिसभा विघटन गरेर भूमरी ल्याएको बताए ।

उनले नेपाललाई भूमरीबाट जोगाउनका लागि काँग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्ने पनि बताए । उनले भने, ‘नेपाललाई भूमरीबाट जोगाउनका लागि संसदको पुनःस्थापना मात्रै विकल्प हो । अब काँग्रेस संसद पुनःस्थापनाका लागि जनतामा जान्छ । काँग्रेसलाई कसैले रोक्न सक्दैन ।’

सभापति शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा पौडेलले संविधान बचाएर मात्र चुनावमा जान सकिने बताए । उनले संविधानसभाबाट संविधान बनाउने आफूहरु अझै जीवित रहेको भन्दै संविधान जोगाउनका लागि आन्दोलनमा जाने बताए ।
तर संविधान जोगाउनका लागि संसद पुनःस्थापनाको मागसहित आन्दोलनका काँग्रेस जाने भनिरहँदा सभापति देउवाले भने आपत्ति जनाएका थिए । पूर्व प्रधानन्यायधीशहरुले आफ्नो विचार राख्दा प्रधानमन्त्री धम्की दिने अनि सर्वोच्च अदालतले पुनःस्थापना गर्नै सक्दैन भनेर प्रधानमन्त्री नै ठेक्का लिने के यही लोकतन्त्र यही हो अदालतको सम्मान भन्दै पौडेलको प्रश्न थियो ।
पौडेलले संविधानमा तत्कालीन माओवादी र एमालेको इच्छा अनुसार नभइ काँग्रेस सिद्धान्त अनुसार संसदीय व्यवस्था सहितको संविधान बनेकाले कम्युनिष्टहरु संविधान भत्काउन लागेको आरोप लगाए । उनले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीले मात्र संसद विघटनको सिफारिस गर्न सक्ने स्पष्ट व्यवस्था भएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...