म सँग ६४ प्रतिशत बहुमत छ, प्रतिनिधिसभा पुनःस्थापना हुदैन :  प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदन खारेज हुनुपर्ने बताएका छन् । आफूसँग ६४ प्रतिशत बहुमत रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ३६ प्रतिशतलाई ५१ प्रतिशत बनाउन निकै गाह्रो भएको भन्दै प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटलाई सर्वोच्च अदालतले खारेज गर्नुपर्ने तर्क गरेका हुन् ।

संविधानमा उल्लेखित प्रावधानअनुसार नै आफूले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर गर्दै ओलीले अब कुनै पनि हालतमा प्रतिनिधिसभा पुनस्र्थापना नहुने भएकाले सबै राजनीतिक दलहरुलाई निर्वाचनको तयारीमा जुट्न समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेको भन्दै उनले त्यस विषयमा राष्ट्रपतिलाई विवादित बनाउन नमिल्ने समेत बताएका छन् । अहिलेको सरकार संविधानको धारा ७६ को १ अनुसार बनेको सरकार भएको भन्दै उनले जति कराए पनि जति चिच्याएपछि प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने दाबी गरेका हुन् ।

प्रधानमन्त्रीले विघटनको सिफारिस गर्न पाउँदैन भन्ने कुरा संविधानमा कहीँ पनि उल्लेख नभएको भन्दै उनले यो राजनीतिक विषय भएकाले सर्वोच्चले समेत आफूले गरेको निर्णयविरुद्ध परेका सबै रिटलाई खारेज गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...