निर्वाचन भन्नेबित्तिकै प्रचण्ड-माधवको सातो गयो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपयले आफ्नो लोकप्रियता घटेको बताएको भन्दै त्यसको परीक्षणका लागि चुनावमा आउन चुनौती दिएका छन्। ‘कतिपयले भने केपी ओलीको लोकप्रियताको ग्राफ जिरोमा झर्यो,’ आइतबार राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जिरोमा झरेछ कि माइनसमा झरेछ कि प्लसमा गएछ, निर्वाचनमा हेरौं न । अब गफ फिट्ने दिन गए । अब गफ फिटेर हुँदैन, अब मैदानमा ।’

रेस्लिङ खेलको उदारण दिंदै ओलीले अब निर्वाचनको मैदान तयार भएको तर त्यसमा आउन खुट्टा नकमाउन आग्रह गरे। उनको भनाइ छ– अब मैदान घोषणा गरिएको छ, रिङ तयार भएको छ । रिङमा आउनुहोस्, त्यहाँ जितेर अनि लागउनुहोस् न रेस्लिङ बेल्ट । खुट्टा किन कामेको ? निर्वाचन भन्नेबित्तिकै सातो किन गएको ?’

ओलीले चुनाव हुनु अस्थिरता नभएको पनि बताए। उनले भने, ‘चुनाव हुनु अस्थिरता होइन । अस्थिरता त्यतिबेला हुन्छ, जब बाह्यि शक्तिको ईसारामा राष्ट्रिय शक्तिहरु गोटी बन्न थाल्छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...