काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल कहिल्यै पनि पार्टीमा निर्वाचित नेता बन्न नसकेको टिप्पणी गरेका छन् । हारेपछि त्यही पद दावी गरेको आरोप ओलीको छ । धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले १५ वर्षसम्म माधव नेपालले आफ्नो समर्थनमा पार्टी सन्चालन गरे पनि पार्टी कार्यकर्ताबाट निर्वाचित नभएको बताए । त्यसबेला नेकपा एमालेको महासचिव प्रत्यक्ष निर्वाचित हुने प्रणाली थिएन ।

ओलीले माधव नेपालबारे टिप्पणी गर्दै भने– माधव नेपालले १५ वर्ष मेरो समर्थनमा चलाउनुभयो, चुनाव नलडी । मसँग लड्न खोज्नुभयो, हार्नुभयो । हारेपछि उहाँलाई अध्यक्ष नभइ भएन । १५ वर्ष मेरो समर्थनमा चलाएपछि त छाडेको भए पनि हुन्थ्यो नि, हारे पनि पनि चाहियो रे । ओलीले माधव नेपालभन्दा आफू १० वर्षअघि पार्टीमा लागेको भन्दै नेपाललाई आफूले राजनीतिमा ल्याएको दावीसमेत गरे ।

ओलीले जनसभामा भने– मैले महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेको बेला उहाँलाई २०२९ सालमा भेटेर ल्याएँ । २०३२ सालदेखि उहाँ पार्टीमा लाग्नुभयो, म २०२२ देखिनै लागेको हुँ । प्रचण्ड पनि काम लाग्छ्न् होला भनेर आफूले पार्टीमा ल्याए पनि सुधार्न नसकेको टिप्पणी ओलीले गरे ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...