काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ : ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल कहिल्यै पनि पार्टीमा निर्वाचित नेता बन्न नसकेको टिप्पणी गरेका छन् । हारेपछि त्यही पद दावी गरेको आरोप ओलीको छ । धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले १५ वर्षसम्म माधव नेपालले आफ्नो समर्थनमा पार्टी सन्चालन गरे पनि पार्टी कार्यकर्ताबाट निर्वाचित नभएको बताए । त्यसबेला नेकपा एमालेको महासचिव प्रत्यक्ष निर्वाचित हुने प्रणाली थिएन ।

ओलीले माधव नेपालबारे टिप्पणी गर्दै भने– माधव नेपालले १५ वर्ष मेरो समर्थनमा चलाउनुभयो, चुनाव नलडी । मसँग लड्न खोज्नुभयो, हार्नुभयो । हारेपछि उहाँलाई अध्यक्ष नभइ भएन । १५ वर्ष मेरो समर्थनमा चलाएपछि त छाडेको भए पनि हुन्थ्यो नि, हारे पनि पनि चाहियो रे । ओलीले माधव नेपालभन्दा आफू १० वर्षअघि पार्टीमा लागेको भन्दै नेपाललाई आफूले राजनीतिमा ल्याएको दावीसमेत गरे ।

ओलीले जनसभामा भने– मैले महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गरेको बेला उहाँलाई २०२९ सालमा भेटेर ल्याएँ । २०३२ सालदेखि उहाँ पार्टीमा लाग्नुभयो, म २०२२ देखिनै लागेको हुँ । प्रचण्ड पनि काम लाग्छ्न् होला भनेर आफूले पार्टीमा ल्याए पनि सुधार्न नसकेको टिप्पणी ओलीले गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...