प्रचण्डले भगत सिंह कोसीयारीसँग गोप्य भेट गर्ने संकेत



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफ्नो समूहका प्रथम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसरी भएपनि आफुलाई प्रधानमन्त्री बनाईदिन मोदीसँग गुहार मागेको स्रोतको दाबी छ । प्रचण्डले नेपालको अहिलेको अवस्थाबारे भारतीय पक्षसँग गोप्य सल्लाह गरेको बुझिएको छ । उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग गोप्य भेट गरेको स्रोतको दाबी छ ।

प्रचण्डले एउटा अन्तरवार्तामा अहिलेको परिस्थितिमा नेपालमा राजनीतिक हस्तक्षेप गर्नका निम्ति भारतलाई आह्वान गरेको केही दिनमा नै उनको नयाँ दिल्ली हुँदै मुम्बईसम्मको यात्रा भयो, पत्नी सीता दाहालको उपचारको क्रममा।

यो उपचारको लागि मात्र यात्रा हुन नसक्नेतर्फ संकेत गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले लेखेका थिए,‘प्रचण्डले पत्नी सीताको उपचारमा मात्रै ध्यान दिउन्।’ अर्थात् प्रचण्डको राजनीतिक भेट हुन सक्ने सुइँको पोखरेलले पाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्ना पछिल्ला धारणामा सरकार अप्ठेरोमा पार्नका लागि चुच्चे नक्शादेखि जमिन फिर्ता ल्याउने मुद्दा आफूले उठाएको कारण देखाउँदै, प्रचण्डलगायतको घेराबन्दीलाई उल्लेख गर्दै आएका छन्।

के प्रचण्डले भारतलाई राजनीतिक हस्तक्षेपका लागि निम्तो दिएका छन् त? उनको राजनीतिक पृष्ठभूमी र शान्ति प्रक्रियाको मुख्य विन्दु १२ बुँदे सम्झौतालाई हेर्दा भारत परिचालित रहेको स्पष्ट देखिन सक्ने कतिपयको भनाई छ।

पूर्वमाओवादी नेता तर अहिले ओली पक्षमा उभिएका मणि थापाले त आफ्नो मतमा सहमत नहुनेलाई प्रचण्डले जसरी पनि सिध्याउने गरेको आरोप लगाउँदै आएका छन्। यहि क्रममा उनले त्यसबेला डा. बाबुराम भट्टराईलाई पुर्नका लागि खाल्डो खनेको तर आफूहरूले रोकेको पनि बताइसकेका छन्। के, प्रचण्डले ओलीको राजनीतिक जीवन र अभ्यास समाप्त पार्ने रणनीति बनाउँदैछन्? यो विषयमा स्पष्ट खुलासा भने भइसकेको छैन।

प्रचण्डले नेपालको अहिलेको अवस्थाबारे भारतीय पक्षसँग गोप्य सल्लाह गर्ने भएका छन्। प्रतिनिधि सभा विघटनपछि उत्पन्न भएको मुलुकको अवस्थामा भारतीय पक्षको हस्तक्षेपकारी भूमिका हुनुपर्नेमा जोड दिएका उनले ओलीको अहिलेको कमदलाई सच्याउनका लागि दबाब दिन भन्नेछन्। पत्नी सीताको उपचारमा छोरीहरूलाई खटाएर उनी राजनीतिक लविङका लागि सक्रिय हुने बताइन्छ।

उनको त्यहाँ महाराष्ट्रका गभर्नर तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिने भगत सिंह कोसीयारीसँग भेट हुन सक्ने आँकलन गरिएको छ। कोसीयारी नेपाल मामिलाका जानकार पनि मानिन्छन्। गभर्नर हुनुअघि भारतीय जनता पार्टीका उपाध्यक्ष रहेका कोसीयारीसँग प्रचण्डको बेलामौका कुराकानी हुने गरेको थियो भने सम्बन्ध पनि बलियो रहेको छ। कतिपयले भने भारतीय जनता पार्टीका प्रदेशस्तरका नेतासँग पनि उनको भेट हुने अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...