संवैधानिक इजलासमा आजबाट सुनुवाइ



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा आजबाट सर्वाेच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहितले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर गरेकाे रिटमाथि संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ भइसकेको छ ।

अदालतको आदेश अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आआफ्नो लिखित जवाफ पेश गरिसकेका छन् । आजबाट निरन्तर सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् ।

पक्ष र विपक्षका वकिलहरुको बहसपछि अदालतलाई सघाउन एमिकस क्युरी गठन  भएको छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

यसैबीच रिट निवेदकहरुले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा संवैधानिक इजलासबाट सर्वाेच्च अदालतको बहत् पूर्ण इजलासमा सुनुवाइका लागि सार्न माग गरेका छन् । आजको इजलासमा सो निवेदन दिइने रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...