साेलुखुम्बु क्षेत्र हिउले सेताम्मे



हाम्रो इकोनोमि

 

 

सोलुखुम्बु सोलुखुम्बुको माथिल्लो क्षेत्रमा यस वर्षकै पहिलो पटक हिमपात भएको छ । साेलुखुम्बुकाे खुम्बु क्षेत्र, पत्ताले, पिके डाँडासहितका क्षेत्रमा मङ्गलबार हिमपात भएको स्थानीयले बताएका छन् । खुम्बुको नाम्चे, खुम्जुङसहितका क्षेत्रमा बिहानैदेखि हिमपात हुन थालेको नाम्चेका लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार नाम्चे बजारमा केही समय अघिदेखि हिमपात सुरु भएको छ भने थामे, त्याङबोचे, कोङदे, खुम्जुङलगायतका क्षेत्रमा गए रातिदेखि नै हिमपात भइरहेको छ । खुम्बुको तल्लो भेगमा हिउँ परिरहेको छ भने नाम्चे, लुक्लालगायतका ठाउँबाट देखिने डाँडाहरू सेताम्मे बनेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले बताउनुभयो । हिमपात भएसँगै स्थानीयबासी भने खुसी भएका छन् । हिउँ परेपछि क्रमशः चिसो घट्दै जाने तथा हावाहुरीसमेत कम चल्ने तथा बालीनाली लगाउन उपयुक्त हुने स्थानीय फुर्ग्याल्जेन शेर्पाले बताउनुभयो ।

अघिल्लो वर्ष मङ्सिरको दाेस्राे हप्तादेखि हिउँ पर्न थालेको भए पनि यस वर्ष पुस तेस्राे हप्तामा मात्रै हिउँ परेको हो । ओलखढुङ्गाकाे तल्लो क्षेत्र पिके डाँडा, पत्ताले, ओखलढुङ्गाको जन्तरधामलगायतका क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । यसैबीच, खुम्बुसहित साेलुखुम्बुकाे तल्लो क्षेत्रमा पनि तापक्रम वृद्धि भएको स्थानीयले महसुस गरेका छन् । सोमबारदेखि हावा चल्न थालेसँगै विगतको भन्दा निकै तातो महसुस भएको लुक्लाकी जाङमु शेर्पाले बताउनुभयो  बिहानको समय माइनस ३ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने लुक्लामा मङ्गलबार बिहान ८ डिग्री सेल्सियस मापन गरिएको नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । साेलुखुम्बुकाे तल्लो क्षेत्रमा हावा चलेसँगै तापक्रम बढेको महसुस भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...