केपी ओलीले एक-एक गरी सिध्याउँछन् : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक/एक गरी सिध्याउने टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टीले मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी ओलीले सिध्याउन अहिले पार्टीभित्रबाट सुरु गरेका छन्,’ उनको भनाइ छ, ‘विरोध गर्ने अरुलाई पनि एक-एक गर्दै सिध्याउँदै जानुहुन्छ।’

संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेकाले ओलीलाई कारबाही गरिएको उनको भनाइ थियो। सम्बोधनका क्रममा उनले आफूहरु नै आधिकारिक नेकपा भएको र ओली गुटको नेता मात्रै भएको दावी गरे। ‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनको भनाइ छ, उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कति दिन नेकपा रहने हो।’

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...