मधेसमा प्रचण्ड गुट पत्तासाफ, ओलीको पक्षमा हजारौँ जनता प्रदर्शनमा



हाम्रो इकोनोमि

 

केपी शर्मा ओली पक्षीय नेकपाले आज जनकपुरमा शक्ति प्रदर्शन गरेको छ । मधेसविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो ।

अहिले ओली सरकारमा प्रदेश २ का तीन मन्त्री छन् । पूर्व माओवादी नेता प्रभु साहसमेत लागेपछि ओली पक्षीय नेकपाप्रति जनकपुरबासीको आकर्षण बढेको छ ।

जनकपुरको रेल्वे स्टेशन परिसरबाट सुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी छन् । प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत हुनेछ । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्ड–नेपाल समूहले संसदीय दलका नेता सत्यनारायण मण्डललाई आजै हटाउने बताएको छ । नेकपाका प्रदेश इन्चार्जसमेत मण्डल ओली समूहका हुन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...