नारायणकाजी कन्ट्याक्टर, माधव ड्राईभर, प्रचण्ड खलासी : मन्त्री रायमाझी



हाम्रो इकोनोमि

 

उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना हुनै नसक्ने बताएका छन् । संसद पुनःस्थापना हुने सपना नदेख्न आन्दोलनकारीलाई आग्रह गरे । आन्दोलनका सट्टा चुनाव समयमै सम्पन्न गर्ने गरी सरकारलाई सहयोग गर्न पुनःस्थापनामा माग राख्दै आन्दोलन गरिरहेका दलहरुलाई रायमाझीले सुझाव दिए । नेपाल कम्युनिस्ट पार्टी नेकपा छत्रदेव गाउँपालिका कमिटीद्वारा मंगलवार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारले तोकेको समयमै आमनिर्वाचन हुने बताए । प्रचण्ड–माधव समूहले निर्वाचित प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाई सरकार र पार्टी कव्जा गर्ने नियतका कारण पार्टी फुटको संघारमा पुगेको दावी गरे ।

नेकपा नेता समेत रहेका रायमाझीले पार्टी फुट्नुमा मुख्य दोषी प्रचण्ड र माधव नेपाल रहेको जिकिर गरे । पार्टी अध्यक्ष प्रचण्ड र नेता नेपालले पार्टी एकताको मर्म बिपरित पार्टीभित्र चरम गुटबन्दी गरी पार्टी विभाजनको अवस्थामा पुर्याएको आरोप लगाए । आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड–नेपाल समुहको चरम पदलोलुपता र सांगठनिक अराजकताका कारण पार्टी बिभाजन भएको उनको भनाइ छ । रायमाझीले अध्यक्ष प्रचण्ड र माधव समुहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै उनले उनीहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रहेको आरोप लगाए ।

३३ वर्षसम्म प्रचण्डले आफै टिको लगाएर पार्टी अध्यक्ष भएको भन्दै उनले प्रचण्डले बिगतमा पार्टीलाई खल्तीको पैसा जस्तो बनाएको टिप्पणी गरे । रायमाझीले जनयुद्धको समयमा भागेका भगौडा नारायणकाजीलाई कन्ट्याक्टर र माधव नेपाललाई ड्राईभर बनाएर प्रचण्ड आफु खलासी बनेको आरोप लगाए । उनले प्रचण्ड, माधव र झलनाथका कारण पार्टी बिभाजन भएको दुखेसो पोख्दै अब पार्टीलाई रुपान्तरण सहितको ध्रुवीकरण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...