प्रचण्डले बत्ति निभाएर चुनाव जितेको पोल खुलेपछि सिराहका हजारौँ कार्यकर्ता ओलीको पक्षमा



हाम्रो इकोनोमि

 

२१ पुस, काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बत्ती निभाएर चुनाव जिताइएको सिराहामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेता कार्यकर्ताको लहर चलेको छ । सोमबार सिरहामाको चोहर्वामा भएको जिल्लास्तरीय अगुवा कार्यकर्रा भेलामा एक हजारभन्दा बढी नेकपाका नेता कार्यकर्ता उपस्थित भएका छन । उक्त कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पाेखरेल र नेताहरू रघुवीर महासेठ, प्रभु साह र लीलानाथ श्रेष्ठ लगायतले सम्बाेधन गरेका थिए । राैतहट र पर्सापछि सिराहमा पनि कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ ।

सो कार्यक्रमममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु सरकारको बाध्यात्मक कदम भएको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने र मुलुकलाई गम्भीर सङ्कटमा धकेल्ने षड्यन्त्र भइरहेकाले त्यसलाई चिर्न सरकारले बाध्यात्मक रुपमा संसद् विघटन गरी जनतामा जाने निर्णय गरेको बताए।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार पाँच वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने बताए। नेकपाका सचिवालय सदस्यसमेत रहेका उनले प्रधानमन्त्रीविरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको आरोपपत्र फिर्ता लिएर ताजा जनादेशका लागि निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहने सम्भावना रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...