तोकिएकै समयमा निर्वाचन गराउन माग गर्दै सर्वोच्‍चमा पर्यो रिट



हाम्रो इकोनोमि

 

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेसँगै समयमै निर्वाचन हुनुपर्ने माग पनि चर्को बन्दै गएको छ ।

यसैबीच तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्‍दै सर्वोच्‍च अदालतमा रिट निवेदन समेत दायर भएको छ । अधिवक्ता दिपक विक्रम मिश्रले तोकिएको समयमै निर्वाचन हुनुपर्ने भन्‍दै हिजो सोमबार रिट दायर गरेका हुन् ।

निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नु÷नगराउनु अन्तरिम आदेशको माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटको आज पेसी राखिएको छ ।

सरकारले प्रतिनिधि सभा विघटनका साथै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउने गरी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । निर्वाचनको विषयमा नेकपाभित्रै विवाद छ र पार्टी फुटको दिशातर्फ उन्मुख छ ।

तर, प्रतिनिधिसभा ब्युँताउनुपर्ने माग भइरहेका बेला तोकिएको समयमा निर्वाचन गराउनुपर्ने र निर्वाचन नै समस्या समाधानको विकल्प भएकोतर्फ पनि मानिसहरुको मत एकतृत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...