प्रचण्ड पक्षका मान्छे तान्ने सूची बनाउँदै बादल, को को आँउदैछन ( नामसहित )



हाम्रो इकोनोमि

 

पार्टी विभाजनका क्रममा आफ्नो समूहका अधिकांश नेता प्रचण्ड–माधव नेपाल पक्षमा लागेपछि गृहमन्त्री रामबहादुर थापा (बादल) देशभरका पुराना तथा शान्ति प्रक्रियापछि उपेक्षामा परेका कार्यकर्ता समेट्ने प्रयासमा लागेका छन् । ओली नेतृत्वको नेकपामा पूर्व माओवादीको हिस्सा समेट्नका लागि एक हजार ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समितिलाई पूर्णता दिइएको छैन । अचेल बादल, टोपवहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरु विभिन्न जिल्लाबाट पूर्व माओवादी नेता बोलाएर भेटघाट गरिरहेका छन् ।

शान्ति प्रक्रियामा आएपछि संसदीय राजनीतिमा जिम्मेवारी नपाएका र निराश भएर बसेकाहरुलाई समेट्ने नीति बादल पक्षले बनाएको छ । कतिपयलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग भेट गराएर आश्वस्त पार्न थालिएको स्रोतले जनाएको छ । अचेल दिनहुँ बादल र लेखराजको निवासमा विभिन्न जिल्लाका पूर्व माओवादी नेताहरुको भेटघाट बाक्लिएको छ । पूर्व माओवादी समूहकै केन्द्रीय नेताहरु कमल चौलागाई, विषमलाल अधिकारी दनुवार, गेल्बुसिंह बोहोरालगायत पनि ओली पक्षमा खुलेका छन् ।

बादललाई भेटेर फर्किएका एक पूर्व माओवादीका नेताले भने– हामीले उहाँलाई किन प्रचण्ड छाड्नुभयो भनेर सोध्यौं । उहाँले प्रचण्ड हिँडेको बाटो नै गलत भएकाले अहिले केपी ओलीकै नेतृत्वमा जाने भन्नुभयो । उहाँले यही सरकारले पूरै कार्यकाल काम गर्ने सम्भावना रहेको पनि बताउनुभयो । बादलले विभिन्न तहका नेता कार्यकर्तासँगको भेटपछि कुन कमिटीमा राख्ने भनेर डायरीमा नाम टिप्ने गरेका छन् । विशेष गरी जनयुद्धकालमा काम गरेका र जिल्लाको अन्तरविरोधका कारण पछि परेकाहरुलाई समेट्ने रणनीतिमा बादल पक्ष लागेको छ ।

ओली पक्षमा लागेका पूर्व माओवादीका बादल, लेखराज, टोपवहादुर, मणि थापा र प्रभु शाहबीच छलफल भएरै आफ्नो टिममा प्रचण्ड पक्षका मान्छे तान्ने प्रयास भइरहेको छ । प्रभु शाह ओली पक्षमा लागेपछि प्रदेश २ का केही साबिक केन्द्रीय कमिटीका सदस्य र प्रदेशसभा सदस्यहरु ओली नेकपामा लागेका छन् । ओली नेतृत्वको नेकपामा पूर्व एमालेको बर्चश्व छ । बादललगायतका नेताले पूर्व माओवादीबाट महाधिवेशन समितिमा थपिने लिस्ट तयार भएपछि थपघट गरेर कमिटीलाई पूर्णता दिइने नेकपा स्रोतले जनाएको छ । बादल पक्षलाई यति भनेर संख्या नतोकिएको तर पूर्व माओवादीका नेता कार्यकर्तालाई समेटेर लैजाने नीति लिइएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...