महेश बस्नेतको जिल्ला भक्तपुरमा तिब्र विकास



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा नेकपा तथा सरकारमा उत्पन्न परिस्थितीको जनतालाई वास्तविकता जानकारी गराउने उद्देश्यका साथ देश दौडाहमा रहनुभएको छ । युवाहरुलाई मुलुक तथा पार्टीको वास्ताविकता जानकारी गराई जनतामा रहेको भ्रमलाई चिर्ने साथै आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र आफ्नो पार्टीमा व्यापक जनमत सिर्जना गराउने लक्ष्यका साथ नेता बस्नेतले देशका विशेष जिल्ला तथा ठाउँहरुमा विभिन्न प्रकारका जनजागरणमूखी अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । जसले गर्दा जनतामा भएका कतिपय भ्रमहरु अन्त्य भएका छन् । पछिल्लो केही हप्ता यता नेता वस्नेतले हालसम्म दर्जनौं जिल्लाहरुमा युवाहरुको अभियान सञ्चालन गरिसक्नुभएको छ । जसले गर्दा पार्टी भित्र भएका गुट र उपगुट तथा पार्टी विभाजनको रेखा कोर्ने नेताहरु भण्डाफोर समेत भएका छन् ।

पार्टीभित्र सत्तास्वार्थ तथा कुर्सीको लडाई गर्दै पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको नेतृत्वले आफ्नो विगतको हविगत विर्सिएर प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संगिन आरोपहरु लगाई संसद विघटनको अवस्थामा पुग्न बाध्य बनाएका उदाहरण तथा वाध्यताहरु आम नेपाली जनताको माँझमा पुर्याउनु अहिलको अपरिहार्यता रहेको औंल्याउँदै देशव्यापी पार्टी बचाउ अभियान सञ्चालन गरिरहनुभएको छ । नेता बस्नेतले अबका दिनमा नेतृत्वलाई खुइल्याउने र आफ्नो व्यक्तिवादी स्वार्थको लागि राजनीति गर्नेलाई नेकपाका कार्यकर्ता तथा जनताले बुझ्न र चिन्न जरुरी रहेको अभियानका क्रममा उल्लेख गर्ने गर्नुभएको छ । ‘सरकारको साथ हैन लात’ भन्ने नीति प्रचण्ड–माधवले लिएका कारण मुलुक दुर्घटनाको बाटोमा अगाडी बढ्न लागेको प्रति चिन्तीत हुँदै नेता बस्नेतले मुलुकको परिवर्तनलाई रक्षा युवाहरुले गर्नुपर्नेमा जोड दिइरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...