त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जानकारी दिएको छ । राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै थिए । सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...