त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोलीसहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जानकारी दिएको छ । राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै थिए । सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...