धुम्बाराहीमा छिर्न पाएन दाहाल–नेपाल समूह



हाम्रो इकोनोमि

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्ट (नेकपा)ले धुम्बाराहीस्थित पार्टी कार्यालयमा दाबी छाडेको संकेत गरेका छन् । दाहाल–नेपाल समूहले कोटेश्वर, पेरिसडाँडास्थित पूर्वमाओवादीको कार्यालयमा बैठक, भेलाहरू गर्न थालेपछि उनीहरूकै नेता कार्यकर्ताले समेत धुम्बाराहीमा दाबी नगर्ने मनस्थितिमा पुगेको चर्चा हुन थालेको छ । नेकपाको सबै डकुमेन्टहरू धुम्बाराहीस्थित पार्टी कार्यालयमा छन् ।

आइतबार दाहाल–नेपाल समूहको स्थायी समितिको बैठक पनि कोटेश्वरमै बसेको थियो । पार्टी विभाजन भएपछि दाहाल–नेपाल समूहको बैठक कोटेश्वरमै बसेका छन् । भेला, बैठक र प्रशिक्षणहरू पनि कोटेश्वरमै हुने गरेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले धुम्बाराही कब्जा गरेपछि दाहाल–नेपाल समूहले धुम्बाराहीमा नजर लगाउन नसकेको हो । ओली समूहले दाहाल–नेपाल समूहलाई धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय र बल्खुमा बन्दै गरेको केन्द्रीय कार्यालयमा नजर नलगाउन चेतावनी दिएको छ ।

ओली समूहका नेता कृष्णगोपाल श्रेष्ठले सार्वजनिक रुपमा बल्खु र धुम्बाराहीको पार्टी कार्यालयमा नजर नलगाउन दाहाल–नेपाल समूहलाई चेतावनी दिइसकेका छन् । उनले नेकपाको आधिकारिक पक्ष ओली समूह भएको दाबी गर्दै आएका छन् ।दाहाल–नेपाल समूह तत्काल पार्टी कार्यालय कब्जा गर्ने पक्षमा देखिएको छैन । दाहाल–नेपाल समूह ओली समूहको डरले थरुरु भएर धुम्बाराहीमा बैठक राख्न नसेकेको चर्चा नेकपाकै नेता कार्यकर्ताहरूले चर्चा गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...