माधव नेपालबिरुद्धको मुद्दाको सुनुवाई हुँदै



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका बिरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको आज सुनुवाइ हुँदैछ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष नेपालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर नगरेको बिषयमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलेले २०७६ माघ २२ मा दर्ता गरेको रिटको सुनुवाई १ बर्षदेखि अग्राधिकारमा राखिएको छ । तर टुंगिएको छैन । आज पनि उक्त मुद्दा ५ नम्बरमा छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको इजलासमा सुनुवाइका लागि राखिएको छ । सर्वोच्च मा दिनमा साँढे ३ घन्टा मुद्दाको सुनुवाइ हुन्छ । ११ बजेदेखि सुनुवाइ सुरु हुन्छ । बीचमा १ घन्टा ब्रेक हुन्छ । साढे तीन बजेबाट सुनुवाइ हुँदैन । ४ बजे कार्यालय बिदा हुन्छ । तसर्थ चौथो नम्बरका मुद्दा पनि सुनुवाइ नसकिने हुनाले माधव नेपालबिरुद्धको मुद्दाको पालो आज आउने संभावना कम छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...