ओली पक्षको बुटवलमा विशाल शक्ति प्रदर्शन



हाम्रो इकोनोमि

 

पार्टी विभाजनपछि पहिलो पटक ओली नेतृत्वको नेकपाले लुम्बिनीमा शक्ति प्रदर्शन गरेको छ । बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गरिरहेका छन् । भेलालाई सम्बोधन गर्दै पूर्व माओवादी समूहका नेता रायमाझीले प्रचण्डले माओवादी जनयुद्धको विरासत धान्न नसकेको बताए ।

उनले आफूहरुले लिगेसी छाडेको भनेर आरोप लगाए पनि प्रचण्ड नै विचलित भएको बताए । उनले भने– हामी त प्रचण्डले सर्वसम्मत रुपमा पार्टी अध्यक्ष र प्रधानमत्री मानेका केपी ओलीसँगै छौं, उहाँ चाहिँ माधव नेपाललाई कार्की पार्टी प्यालेसमा टीका लाएर हिँड्नुभयो । प्रधानमन्त्री ओली ओली राष्ट«वादी र क्रान्तिकारी नेता भएको भन्दै उनले प्रचण्ड–माधव नेपाल ‘हिलोका माछा’ जस्ता भएको दावी गरे । मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले प्रचण्डले सरकारविरुद्ध समान सत्ता चलाउन खोजेको र संसदलाई आफ्नो स्वार्थमा हिँडाउन खोजेकै कारणले संकट उत्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...