ओली पक्षको बुटवलमा विशाल शक्ति प्रदर्शन



हाम्रो इकोनोमि

 

पार्टी विभाजनपछि पहिलो पटक ओली नेतृत्वको नेकपाले लुम्बिनीमा शक्ति प्रदर्शन गरेको छ । बुटवलमा आयोजित अगुवा कार्यकर्ता भेलालाई महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री तथा नेता टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मालगायतका नेताहरुले सम्बोधन गरिरहेका छन् । भेलालाई सम्बोधन गर्दै पूर्व माओवादी समूहका नेता रायमाझीले प्रचण्डले माओवादी जनयुद्धको विरासत धान्न नसकेको बताए ।

उनले आफूहरुले लिगेसी छाडेको भनेर आरोप लगाए पनि प्रचण्ड नै विचलित भएको बताए । उनले भने– हामी त प्रचण्डले सर्वसम्मत रुपमा पार्टी अध्यक्ष र प्रधानमत्री मानेका केपी ओलीसँगै छौं, उहाँ चाहिँ माधव नेपाललाई कार्की पार्टी प्यालेसमा टीका लाएर हिँड्नुभयो । प्रधानमन्त्री ओली ओली राष्ट«वादी र क्रान्तिकारी नेता भएको भन्दै उनले प्रचण्ड–माधव नेपाल ‘हिलोका माछा’ जस्ता भएको दावी गरे । मुख्यमन्त्री तथा नेकपा नेता शंकर पोखरेलले प्रचण्डले सरकारविरुद्ध समान सत्ता चलाउन खोजेको र संसदलाई आफ्नो स्वार्थमा हिँडाउन खोजेकै कारणले संकट उत्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...