प्रचण्डले माधवलाई भने चुनावमा कँहीपनि जितिदैन



हाम्रो इकोनोमि

 

 

हाताहाती प्रधानमन्त्री र पार्टी अध्यक्ष नपाएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बाहिरिनु भएका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुहले आगामी बैशाखका लागि तय भएको चुनावमा आफूहरुको अवस्था निकै दयनीय हुने निश्कर्ष निकाल्दै बहिष्कारको बहाना खोज्न थाल्नुभएको तथ्य खुलेको छ । गत निर्वाचनमा स्थीर सरकारको नारा दिएर अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि मत मागेको तर पछिल्लो समय ओली फाल्न आफूहरुले गरेको सवै षडयन्त्र जनतामा पुगेको भन्दै प्रचण्ड–माधव समुहले चुनावमा कँही नजित्ने निश्कर्षसहित बहिष्कारका लागि उपाय खोजी गरिरहेको सो समुहका एक नेताले बताए । प्रचण्ड–माधव समुहले आफ्नो समुहको स्थायी कमिटी बैठकमै चुनावमा जाने र प्रतिनिधिसभा बिघटनको निर्णय सदर भए स्वीकार गर्ने बिषयमा कँही कतै मुख खोल्न प्रतिवन्ध लगाएको छ ।

‘हाम्रोमा अदालतले प्रतिनिधिसभा बिघटनको निर्णय संबैधानिक छ भनेर सदर गरिदियो भने त्यस्को बिपक्षमा उभिने र चुनावको बिरुद्ध आन्दोलन गर्ने निश्कर्ष निकालिएको छ, अव पार्टीलाई यही दिशामा अगाडि लैजाने प्रचण्डको योजना छ,’ प्रचण्ड–माधव समुहका स्थायी कमिटीका एक सदस्यले भने । उनका अनुसार चुनावमा जाँदा आफूहरुको सर्मनाक पराजय निश्चित रहेको निश्कर्ष प्रचण्डको रहेको छ । सोही कारण प्रतिनिधिसभा बिघटनलाई असंबैधानिक भन्दै अदालतमाथि दवाव दिन सडकमा पुगिएको हो । ‘चुनावमा जाने मुद्धा नै भएन, सरकारले गरेको राम्रो कामको जस पनि नपाइने भयो, उल्टो सरकार फेर्न लागेको बिषय तलसम्म पुग्यो, कालापानी–लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेको बिषयमा पनि प्रधानमन्त्री एक्लैलाई जस गयो, यस्तो अवस्थामा चुनावमा जाने त कुरै नगरौं, हामीले कँहीपनि जितिदैन,’ आन्दोलनको कार्यक्रम घोषणाका लागि भएको केही नेताहरुको बैठकमा प्रचण्ड र माधवले सुनाएको निश्कर्ष उधृत गर्दै ती नेताले भने । उनका अनुसार चुनाव बहिष्कारकै लागि आधार बनाउन अहिले प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा उठाएर आन्दोलन गर्ने भनिएको हो ।

‘अहिलेदेखि नै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा उठाउँदा हामीलाई अदालत, निर्वाचन आयोग सवैतिरबाट पेलियो, त्यसैले चुनाव निश्पक्ष हुँदैन भनेर बहिष्कार गर्न बाध्य भएको कुरा बाहिर भन्ने योजना छ,’ प्रचण्ड–माधव समुहको भित्री रणनीति खोल्दै ती नेताको भनाई छ । उनका अनुसार चुनाव हुने अवस्था आउँदा उम्मेदवारी मनोनयनको दिनसम्म आफ्नो समुहमा आएका प्रभावशाली सवै नेता अध्यक्ष ओलीतिरै फर्कने त्रास पनि प्रचण्ड र माधवमा रहेको छ । ‘हामी चार चार जनालाई छाडेर सवै फर्कन सक्छन, तीन चार जनाको मात्रै साथ हुनसक्छ चुनाव हुँदासम्म, त्यसैले बहिष्कार भन्ने कुरा नै गर्नुपर्छ,’ माधव–प्रचण्डको भनाई छ । संबिधानमै प्रतिनिधिसभा बिघटनको स्पष्ट ब्यवस्था रहेपनि प्रचण्ड माधव समुहले यही कामका लागि बिरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...