फार्टी फुटाउने काम नै प्रचण्डको मुख्य पेशा हो : मन्त्री रायमाझी



हाम्रो इकोनोमि

 

उर्जा जल स्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले सरकार बैशाखमै निर्वाचन गर्न आवश्यक तयारीका साथ अघि बढेको प्रष्ट पार्नुभएको छ । संसद पुनःस्थापन हुने नसक्ने भन्दै मन्त्री रायमाझीले सरकारका कारण निर्वाचनको कार्यतालिका हेरफेर नहुने स्पष्ट पार्नुभयो ।

प्रेस सगठन अर्घाखाँचीले आज सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको भन्दै प्रावधिक हिसावले सबै तयारी पूरा हुनेमा सरकार आशावादी रहेको बताउनुभयो । नेकपा स्थायी समिती सदस्यसमेत रहेका रायमाझीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको तथ्य पनि राख्नुभयो । ‘प्रचण्ड सरकार ढाल्न खपिस रहेको भन्दै उहाँले ९ पटकसम्म सरकार ढालेर देशमा अस्थिरता ल्याउनु भो, प्रचन्डको काम फार्टी फुटाउने र सरकार गिराउने मात्र भयो,’मन्त्री रायमाझीले भन्नुभयो ।

प्रचन्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउन्छु भन्दा आफू पुसको जाडोमा सडकमा बस्नु परेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीको लोकप्रियताबाट डराएर चुच्चे नक्सा आएदेखि पार्टीमा अनेक बाहान बनाएर प्रचण्ड माधवले प्रधानमन्त्रीलाई काम गर्ने बातावरण नदिएको बताउनुभयो ।

प्रचण्ड-माधव नेपालहरु पार्टी विभाजन गर्नु गल्ती थियो भन्दै फेरि केपी ओलीसँग माफी माग्न आउने नेता रायमाझीको भनाइ छ । मन्त्री रायमाझीले लोडसेडिङ्ग नहुने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...