संबिधानले नै गरेको छ संसद बिघटनको ब्यवस्था (प्रमाणसहित)



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आयोजित सभामा प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने संबैधानिक आधार राख्दै चुनावको तयारीमा लाग्न सुझाउनु भएको छ । सरकारले तोकेकै मितिमा निर्वाचन गराउने र संबिधानअनुसार प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रधानमन्त्री ओलीको अडान रहेको छ ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा बिघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि सत्तारुढ दल नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालदेखि सो समुहका नेताहरु प्रतिनिधिसभा बिघटनलाई असंबैधानिक कदम भन्दै सडकमा पुगेको छ । सो समुह पार्टीबाटै अलग भएर सडक आन्दोलन गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधानमा हुँदै नभएको अधिकार प्रयोग गरेको प्रचण्ड–नेपाल समुहको दावी रहेको छ । तर सो समुहले गरेको दावीलाई संबिधानको धारा पढनदा झुटो हो भन्ने प्रष्टै देखिन्छ । संबिधानको धारालाई आफू अनुकुल ब्याख्या गरी जनता भडकाउन लागेको सो समुहले संबिधानको धारा ८५ र ७६ ले गरेको प्रष्ट ब्यवस्थालाई लुकाउने प्रयास

कानूनविदहरुका अनुसार संविधानले संसद विघटन हुने परिकल्पना गरेको छ । यसका दुई वटा धारामा संसद विघटनको परिकल्पना गरिएको छ । धारा ७६ मा प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त दल पनि भएन, दुई वटा पार्टी मिलेर सरकार बनाउने अवस्था पनि सिर्जना भएन र सबैभन्दा ठूलो पार्टीले पनि सरकार बनाउँछु भन्ने अवस्था विद्यमान भएन भने प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन हुने व्यवस्था छ ।

त्यस्तै, संविधानको धारा ८५ मा प्रतिनिधिसभा विघटन नभएको अवस्थामा मात्रै यसको कार्यकाल पाँच वर्ष हुन्छ भनिएको छ । प्रधानमन्त्रीले ताजा जनादेशमा जान चाहेको खण्डमा जानसक्छ है भन्ने कुरा संविधानमा उल्लेख छ । यो प्रधानमन्त्रीको विशेषाधिकार हो । मध्यावधी निर्वाचनको कल्पना पनि संविधानमा छ । प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हो भन्नेमा विवाद छैन । प्रधानमन्त्रीसँग जुनसुकै बेला संसद विघटन गर्ने विशेषाधिकार छ ।

संबिधानमै प्रतिनिधिसभाको कार्यकाल अगावै बिघटन भएमा बाहेक ५ बर्षको हुनेछ भन्ने ब्यवस्थाले अगावै बिघटन हुनसक्छ भन्ने प्रष्टै बोलेको छ । यति प्रष्ट ब्यवस्था हुँदा पनि प्रचण्ड–माधव समुह चुनावमा जाँदा जनताले पराजीत गर्ने त्रासमा पुनःस्थापना हुनुपर्ने भन्दै जनतामा जान डराएको मात्रै छैन, संबिधानकै अपब्याख्या गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...