मुख्यमन्त्री पौडेल कै पक्षमा बहुमत छ : मन्त्री फुँयाल



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत प्राप्त गर्ने उनी निकट मन्त्री रामेश्वर फुँयालले बताएका छन् । केपी शर्मा ओली निकट पौडेलविरुद्ध यही पुस १० गते नेकपा प्रचण्ड(माधव समूहका ४५ प्रदेशसभा सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका थिए । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले भने मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरेका छन् ।

मन्त्री फुयाँलले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनसायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...