मुख्यमन्त्री पौडेल कै पक्षमा बहुमत छ : मन्त्री फुँयाल



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत प्राप्त गर्ने उनी निकट मन्त्री रामेश्वर फुँयालले बताएका छन् । केपी शर्मा ओली निकट पौडेलविरुद्ध यही पुस १० गते नेकपा प्रचण्ड(माधव समूहका ४५ प्रदेशसभा सांसदहरुले विश्वासको प्रस्ताव दर्ता गरेका थिए । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री फुँयालले भने मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरेका छन् ।

मन्त्री फुयाँलले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनसायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि बागमती प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...