निर्वाचन हुने पक्का, पुस ५ गतेसम्म १८ वर्ष पुगेका नयाँ मतदाता सूचीमा



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले वैशाख १७ र २७ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ । मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आइतबार आयोगको बैठक बस्दैछ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले पनि यसअघि नै मतदान केन्द्र पुनरावलोकन गर्न निर्देशन दिएकाले सबै अवस्था विचार गरेर कतिपय फेरबदल हुने बताए । त्यसका लागि आयोगले कार्यविधि स्वीकृत गर्दैछ ।

‘हामी मतदान केन्द्र पुनरावलोकन गर्दैछौं । कतिपय केन्द्र नजिक छन् भने गाभिन्छन्, अपायक छ भने थपिन्छन्’   प्रमुख आयुक्त थपलियाले भने, ‘राज्यव्यवस्था समितिले पनि हामीलाई भनेको छ । मतदान केन्द्रको टुंगो लगाएपछि नयाँ मतदाताको नाम पठाउनुपर्ने हुन्छ ।’

२०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय मतदान केन्द्र अपायक भएको भन्दै संसदीय समितिले पुनरावलोकन गर्न निर्देशन दिएको थियो । उक्त चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र राखिएका थिए ।

यसपटक मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोग स्रोतले जनाएको छ । आयोगले सामान्यतः एउटा मतदान केन्द्रमा करीब १ हजार मतदाता हुनुपर्ने मापदण्ड बनाएको छ । तर भौगोलिक विकटता, जनसंख्यालाई समेत हेरेर केन्द्रहरु निर्धारण गरिने आयोगले जनाएको छ ।

आयोगले मतदान केन्द्र टुंगो लगाएसँगै थपिएका नयाँ मतदाताहरुको नाम पनि अद्यावधिक गर्ने थपलियाले बताए । प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएका नाम स्वतः मतदाता सूचीमा पर्नेछन् ।

थपलियाले थपे- ‘हामीकहाँ मतदाता नामावली सधैं अद्यावधिक भइरहेको हुन्छ । १६ वर्ष पुगेको मान्छे जिल्ला प्रशासनबाट नागरिकता लिएपछि उसको नाम आयोगमा आउँछ । पुस ५ गते रातिसम्म १८ वर्ष पुगेकाहरु नयाँ मतदाता भएर आउँछन् । तर अब निर्वाचनको मिति घोषणापछि नयाँ मतदाता नामावली संकलन र मतदाता नामावली सार्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...