प्रचण्ड-माधव खिया लागेका नटबल्डु हो : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पदका लागि भौतारिएको बताएका छन् । नेकपा काठमाडौंको ओली पक्षको भेलालाई सम्बोधन गर्दै उनले दुबै नेता पदका लागि अलग भएको बताए ।

प्रधानमन्त्री ओलीले आफूहरु छोरी, बुहारी, भाइ, भतिजाका लागि नलडेको भन्दै प्रचण्डले पनि त्यस्तो काममा नलाग्न अपिल गरे । पद चाहिए पार्टीको आधिकारिक बैठकमा आउनपनि ओलीले आग्रह गरे ।

प्रचण्डमाधव समूहले आधिकारिकताको दावी गरेकामा व्यङ्ग्य गर्दै उनले पार्टी बरमझियाको बाजेको पेडा पसल नभएको भन्दै असली मै हुँ भन्न जरुरी नभएको बताए ।

ओलीले प्रचण्डमाधव खिया लागेको नटबल्डु भएको भन्दै उनीहरुको बहिर्गमनपछि पार्टीले रफ्तार लिएको बताए । आफूले हटाउनुपर्ने चिज आफै साइड लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...