हामीसँग सही नीति र नेतृत्व छ : मन्त्री थापा



हाम्रो इकोनोमि

 

नेकपा विभाजनपछि मदन भण्डारीलाई सम्झिने र उनको विरासतको वास्तविक हकदार को भन्ने प्रतिस्पर्धा तत्कालिन एमालेहरुबीच चलिरहेका बेला तत्कालिन माओवादीका नेताहरु पनि मदन भण्डारीको योगदान सम्झिने प्रतिस्पर्धामा छन् ।

यसअघि प्रचण्डले पटक पटक मदन भण्डारीको प्रसंग भाषणमा ल्याउने गर्थे । तर शनिवार तत्कालिन माओवादी जनयुद्धका एक कमाण्डर रामवहादुर थापा बादलले पनि मदन भण्डारीलाई सम्झिए ।

ओली पक्षीय नेकपाले काठमाडौंको कमलादीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले पार्टीलाई र देशलाई नेतृत्व दिन सही बिचार,सही नीति र सही कार्यक्रम चाहिन्छ भन्दै मदन भण्डारीलाई सम्झिएका हुन् ।

अधिकांश पूर्व एमालेको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै बादलले भने–कमरेड मदन भण्डारीले सही विचार,सही नीति र नेतृत्वको छनौटले सफलता निश्चित गर्छ भन्नुभएको थियो । यो कुनै कितावमा छैन,माक्र्सवादका ठेलीमा छैन ।

बादलले सम्बृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्न अहिले सही नीति र नेतृत्वमा सरकार अघि बढेका बेला नेकपाको एउटा गुट पार्टीबाट अलग भएको बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...