ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देखे : मन्त्री भट्ट



हाम्रो इकोनोमि

 

उद्योगमन्त्री लेखराज भट्टले आफ्ना पूर्व कमाण्डर प्रचण्डप्रति कटाक्ष गर्दै केपी ओलीको मृत्युमा प्रचण्डले आफ्नो भविष्य देख्ने भूल गरेको आरोप लगाएका छन् ।

काठमाडौंको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा ओली पक्षधर नेकपा रामेछाप–काठमाडौं सम्पर्क मन्चको भेलालाई सम्बोधन गर्दै भट्टले प्रचण्डमा पदको आशक्ति चुलिएपछि माधव नेपालको कुण्ठालाई क्यास गरेर ओलीमाथि अराजनीतिक आक्रमण गरेको आरोप लगाए ।

पूर्व माओवादी समूहका नेता भट्टले भने– केपी ओली मिर्गौला प्रत्यारोपण गरेर फर्किनुहुन्न भन्ने रहेछ । त्यसपछिमात्र उहाँले (प्रचण्ड)ले चलखेल थाल्नुभयो । केपी ओलीको मृत्युमा आफ्नो जीवन देख्ने भुल कमरेड प्रचण्डले गर्नुभयो ।

अधिकांश समय प्रचण्डको आलोचनामा खर्च गरेका भट्टले प्रचण्ड निर्माणको होइन ध्वंसको नेता हुन् भन्दै शान्ति प्रक्रियामै आइसकेपछि प्रचण्डले १० वटा सरकार गिराएको आरोप लगाए ।

भट्टले सभामुख अग्नि सापकोटाले कीर्ते गरेको आरोप समेत लगाए । पुस ५ गते अपरान्ह साढे ३ बजे प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लिएर गएका प्रचण्ड माधव नेपालपक्षका सांसदको पत्रलाई सभामुखले कीर्ते गरेर साढे १० बजेको मिति राखेर दर्ता गर्न लगाएको भट्टको आरोप थियो ।

भेलामा पूर्व माओवादीतर्फका केन्द्रीय सदस्य कमल चौलागाई पनि ओली पक्षमा खुलेका थिए । प्रदेश सचिव आनन्द पोखरेल, केन्द्रीय सदस्य माधव ढुंगेललगायतको सहभागिता भेलामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...