नेकपा एमाले व्युँताउने बामदेव गौतमको गोप्य तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमाले व्युँताउने बामदेव गौतमको गोप्य तयारी भैरहेको बिषेश स्रोतको दाबी छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तेस्रो पक्ष आफूलाई दाबी गरेका उपाध्यक्ष बामदेव गौतमले एकीकरणलाई जोगाउने अभियान पनि थालेका छन्।

देशव्यापी रुपमा उनले आफूनिकट र आफ्नो मतमा सहमति जनाउने नेकपा नेता कार्यकर्तासँग अनौपचारिक छलफल थालेका हुन्। विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल बराबर दोषी रहेको उनको ठम्याई छ।

कम्युनिस्ट पार्टी विभाजनको पीडा आफूले बुझेको बताउँदै नमिलेको खण्डमा देशव्यापी रुपमा गौतमले जनताको बहुदलीय जनवादको नारालाई बलियो बनाउने तयारी पनि गरेका छन्। उनले सम्भवतः निर्वाचन आयोगमा दर्ता रहेको नेकपा एमालेलाई ब्युँताउने तयारी गरेका छन्।

निर्वाचन आयोगले नेकपाको आधिकारिकता ओली पक्षलाई दिएको खण्डमा प्रचण्ड पक्षले नेकपा एमालेको छातामा जाने निर्णय गरेको छैन। प्रचण्ड पक्षले नेकपाको आधिकारिकता पाए पनि ओली पक्षले एमाले लैजान नसक्ने भएपछि गौतमले यस्तो तयारी थालेकोस्रोतले जनाएको छ।

यदि सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरेको अवस्थामा भने दुई पक्षमा मात्र नेकपा विभाजन नभएर गौतमको अर्को समूह पनि बन्ने उनले बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...