ओरालो लागेको प्रचण्डको पछि नलाग्ने वामदेव गौतमको घोषणा



हाम्रो इकोनोमि

 

राष्ट्रिय सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समुहमा आफु सहभागी नहुने घोषणा गर्नुभएको छ । शुक्रबार विहान पुष्पकमल दाहाल प्रचण्ड निवासमा दुई नेताबीच भएको भेटमा उहाले आफु यो समुहमा नआउने स्पष्ट पारिदिनु भएको हो ।

शुक्रबार विहान साढे नौ बजे बामदेव गौतम प्रचण्डसँग भेटवार्ता गर्न खुमलटार पुग्नु भएको थियो । भेटमा प्रचण्डले विगतमा पनि साथ दिएकाले आफ्नो समुहमा आउन आग्रह गर्नुभएको थियो । तर, गौतमले आफु अझै पनि पार्टी एकताको पक्षमा रहेकाले त्यसैमा आउन प्रचण्डसँग आग्रह गर्नुभयो ।
देशलाई नेकपाको अझै पनि खाचो रहेको औल्याउदै उहाले प्रचण्डलाई तपाईका स्वार्थ देशका लागि थाति राखेर एकतामा आउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रचण्डले आफुहरु धेरै अगाडी बढि सकेको र अब आफुहरुले भने अनुसार नै देश चल्ने भएको भन्दै गौतमलाई फकाउन खोज्नु भएको थियो ।

विहान खुमलटार पुग्नु भएका गौतम दिउसो भने राष्ट्रिय सभा बैठकमा पहिलो पटक सहभागी हुन संघीय संसद भवन आइपुग्नु भएको थियो । त्यहा संचारकर्मीसँग कुरा गर्दै उहाले भन्नुभयो, ‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो । दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो। मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन् ।’

उहाले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...