दुवै नेकपालाई एक साताभित्र दावी पेश गर्न निर्वाचन आयोगको पत्र



हाम्रो इकोनोमि

 

निर्वाचन आयोगले विभाजित नेकपाका दुवै पक्षलाई आ–आफ्नो आधिकारिकता पुष्टि हुने गरी आवश्यक कागजात र दावी पेश गर्न पत्राचार गरेको छ । आयोगको शुक्रवार बसेको बैठकले दुवै पक्षले मागेको कुरा औपचारिक रुपमा आयोगलाई उपलब्ध गराउन भनेर पत्राचार गरिएको प्रमुख आयुक्त दिनेश थपलियाले  बताए ।

थपलियाले भने– उहाँहरुले पार्टीको निर्णय भनेर पठाउनुभएको छ । हिजो हामीले निर्णय गरेर दुवै पक्षलाई उहाँहरुले हामीलाई पत्रमा मागेको कुरा औपचारिक रुपमा एक साताभित्र दिनुस् भनेर मागेका छौं । आयोगले कानुनबमोजिम गर्ने हो । यसमा अरु कुरा केही छैन ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावलीको अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए । अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो । जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नुपर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ ।

नेकपाका दुवै पक्षले केन्द्रीय कमिटीको निर्णय आयोगमा पठाएका छन् । प्रधानमन्त्री केपी ओली अध्यक्ष र महासचिव पौडेल रहेको कमिटीले समयमा महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै १ हजार ९९ सदस्यीय कमिटी पुनर्गठनको पत्र आयोगमा पुस ७ गते पठाएको थियो ।

सोही दिन बसेको प्रचण्ड अध्यक्ष रहेको बैठकले पनि ओलीलाई अध्यक्षबाट हटाएको निर्णय आयोगमा पठाएको थियो । आयोगमा प्रचण्ड–माधव नेपाल पक्षले साबिक केन्द्रीय कमिटीको बहुमत सदस्यको हस्ताक्षरसमेत निर्वाचन आयोगमा बुझाई आधिकारिकता मागेको छ । दुवै पक्षले आधिकारिक नेकपा आफू भएको दावी गरेपछि आयोगले पुष्टि हुने कागजात मागेको हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...