विदेशीको डिजाइनमा प्रचण्डले नेकपा विभाजन गरे : गृहमन्त्री थापा



हाम्रो इकोनोमि

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पार्टी विभाजनपछि लगातार आफ्ना पूर्व कमाण्डर ‘प्रचण्ड’को आलोचक बनेर प्रस्तुत हुन थालेका छन् । नेकपामा लामो समयदेखि विवाद चलिरहँदा प्रायः तटस्थ रहँदै आएका बादल विभाजनको केही दिनपछि मात्र केपी ओली पक्षमा खुलेका थिए ।

प्रचण्डले आफ्नै प्रथम अध्यक्ष केपी ओली नेतृत्वको सरकार अपदस्थ गर्न खोजेर प्रतिक्रान्तिको नेतृत्व गरेपछि आफूले उनको साथ छाडेको बादलले शुक्रबार पनि दोहोर्याएका छन् । ओली पक्षीय नेकपाको ललितपुर महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बादलले प्रचण्डका कारण पार्टी विघटनतिर गएको बताए ।

नेकपा सचिवालय सदस्यसमेत रहेका बादलले प्रधानमन्त्रीमाथि १९ बुँदे निराधार आरोपपत्रमार्फत् प्रचण्डले पार्टी विघटन गर्न खोजेको र त्यसबाट जोगाउन आफूहरुले पुनर्गठन गरेको बताए । प्रचण्डलाई आरोपपत्र फिर्ता गरेर पार्टी जोगाउन धेरै आग्रह गर्दा पनि उनले नमानेको बादलले बताए ।

बादलले कार्यकर्तासँग भने– कमरेड प्रचण्ड प्रतिक्रान्तितर्फ लाग्नुभयो । उहाँहरुले अलग–अलग गुट बनाउने, एकजना राष्ट्रपति बन्नुपर्ने, अर्कोलाई प्रधानमन्त्री नभई नहुने,अर्कोलाई अध्यक्ष बनाउनु पर्ने स्वार्थ पूरा नभएपछि उहाँहरु आफैं बाहिरिनुभयो ।

बादलले नेकपा विभाजन गर्ने विदेशी डिजाइनमा प्रचण्ड–माधव नेपालहरु फसेको आरोप बादलले लगाए । उनले प्रतिक्रान्तिबाट मुलुक र पार्टीलाई जोगाउन प्रधानमन्त्रीले ऐतिहासिक पहल लिएर प्रतिनिधिसभा विघटन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...

चन्द्रमामा बस्ती बसाउने नासाको योजना

  अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी आधार शिविर (Moon Base) निर्माण गर्ने...