प्रदेश २ को सरकार पनि खतरामा



हाम्रो इकोनोमि

 

 

विभाजित नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दल विभाजनको तयारी थालेको छ । त्यसका लागि दलका नेता सत्यनारायण मण्डललाई हटाउन लागिएको एक नेताले बताए । मण्डललाई हटाउन संसदीय दलका उपनेता रामकुमार यादवलाई पत्रसमेत बुझाइसकेको प्रचण्ड–माधव समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए । संसदीय दलको नेताबाट मण्डललाई हटाउन दुई दिन अगाडि नै उपनेता यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको उनले बताए ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । एमालेका २१ मध्ये १३ जना ओली पक्षमा छन् । आफ्नो पक्षमा २० जना सांसद रहेको प्रचण्ड–माधव समुहका प्रदेश सांसद महतोले दावी गरे । उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ । अब गलत गर्ने सांसदहरुलाई पनि कारबाही अगाडि बढाउँछौं ।’ दुई दिनअघि मात्र ओली पक्षले पूर्व माओवादीका ६ सांसद आफ्नो पक्षमा लागेको दावी गरेको थियो । तर सांसद महतो भन्छन्, ‘तीन पूर्व माओवादीका सांसद मात्र ओलीतिर खुलेका छन् । तीन जना तटस्थ छन् । उनीहरु हाम्रो सम्पर्कमा छन् ।’

नेकपा प्रचण्ड–माधव समूहले आज बिहान पत्रकार सम्मेलन गरी पुस १८ गतेदेखि २४ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ । बिहीबार बसेको बैठकबाट आन्दोलन गर्न नेकपा प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ । यस्तै पुस २५ मा जयगोविन्द साहको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना सिरहाको बस्तिपुरमा गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...