राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीको बहुमत



 

शुक्रबारदेखि सुरु हुन लागेको राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालका कति सांसद छन् भन्ने चासोका साथ हेरिएको छ।

नेकपाका दुई जना सांसद तटस्थ देखिएका कारण ओली पक्षको बहुमत रहेको आँकलन गरिएको छ। नेकपामा विभाजनको अवस्था आएपछि यस विषयलाई महत्वका साथ हेरिएको हो।

५९ सदस्यीय राष्ट्रिय सभामा ६ जना नेपाली कांग्रेस र ३ जना जनता समाजवादी पार्टीका सांसद छन्। बाँकी ५० जनामा एक जना अध्यक्ष गणेश तिमल्सिना ओली पक्षका हुन्।

त्यसबाहेक ४९ जनामा बामदेव गौतम र दिनानाथ शर्मा तटस्थ हुँदा ४७ जनाको हिसाबकिताबमा २४ जना ओली पक्ष र २३ जना प्रचण्ड–नेपाल पक्षमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको