प्रचण्डलाई भेट्न वामदेव फेरी पुगे खुमलटार



हाम्रो इकोनोमि

 

नेकपा उपाध्यक्ष वामदेव गौतम विभाजित पक्षका अध्यक्ष प्रचण्डलाई भेट्न आज पुनः खुमलटार पुगेका छन् । प्रचण्डको आग्रहमा गौतम खुमलटार पुगेको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले गौतमलाई आफ्नो पक्षमा खुल्न दबाब दिइरहेको छ । पार्टी विभाजनयता प्रचण्ड–माधव नेपाल र केपी ओली दुवै पक्षमा नखुलेका गौतम नेकपा एकताको पक्षमा क्रियाशील छन् । उनले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि पार्टी एकताको पाँच वर्ष नपुग्दासम्म नेकपा विभाजन हुन नसक्ने तर्क गर्दै आएका छन् ।

गौतमपत्नी ओली पक्षधर नेकपाको केन्द्रीय सदस्य मनोनित भए पनि उनी सपथग्रहणमा गएकी छैनन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतम आज संसद अधिवेशनको पूर्वसन्ध्यामा खुमलटार पुगेका हुन् । गौतम राष्ट्रियसभा सदस्य भएपनि सांसदका रुपमा उनको आजको बैठकमा पहिलो प्रवेश हुनेछ । राष्ट्रियसभामा गौतमको यो पहिलो इन्ट्री हो ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...