प्रचण्डलाई भेट्न वामदेव फेरी पुगे खुमलटार



हाम्रो इकोनोमि

 

नेकपा उपाध्यक्ष वामदेव गौतम विभाजित पक्षका अध्यक्ष प्रचण्डलाई भेट्न आज पुनः खुमलटार पुगेका छन् । प्रचण्डको आग्रहमा गौतम खुमलटार पुगेको उनी निकट स्रोतले जनाएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षले गौतमलाई आफ्नो पक्षमा खुल्न दबाब दिइरहेको छ । पार्टी विभाजनयता प्रचण्ड–माधव नेपाल र केपी ओली दुवै पक्षमा नखुलेका गौतम नेकपा एकताको पक्षमा क्रियाशील छन् । उनले राजनीतिक दलसम्बन्धी कानुनअनुसार पनि पार्टी एकताको पाँच वर्ष नपुग्दासम्म नेकपा विभाजन हुन नसक्ने तर्क गर्दै आएका छन् ।

गौतमपत्नी ओली पक्षधर नेकपाको केन्द्रीय सदस्य मनोनित भए पनि उनी सपथग्रहणमा गएकी छैनन् । राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतम आज संसद अधिवेशनको पूर्वसन्ध्यामा खुमलटार पुगेका हुन् । गौतम राष्ट्रियसभा सदस्य भएपनि सांसदका रुपमा उनको आजको बैठकमा पहिलो प्रवेश हुनेछ । राष्ट्रियसभामा गौतमको यो पहिलो इन्ट्री हो ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...