अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १५ सांसद निलम्बन



हाम्रो इकोनोमि

 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव पक्षका १५ सांसदलाई निलम्बन गरेका छन् ।

स्पष्टीकरणको चितोबुझ्दो जवाफ निदएको भन्दै उनले ती सांसदमाथि कारबाही गरेका हुन्। निलम्बनमा पर्नेहरुमा भीमप्रसाद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुम कुमारी श्रेष्ठ छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव पक्षका १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। ती सांसदलाई मुख्यमन्त्री रार्इले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका कारणसहित प्रष्टीकरण सोधका थिए।

प्रष्टीकरण सोधिएका १९ मध्य १५ जनाले कुनै जवाफ नपठाएपछि कारबाही गरिएको राईले जानकारी दिएका छन् ।चार जना सांसदले भने प्रष्टीकरणको जवाफ फर्काएका थिए । लिखित जावाफ दिएको भन्दै मुख्यमन्त्री राईले सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकबहादुर मगर र रामकुमार राईमाथि भने कुनै कारबाही गरेका छैनन्।

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...