आज काठमाडौंको तापक्रम शून्य



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम शून्यमा झरेको छ । आज विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ थियो । पौने ९ बजे मापन गर्दा तापक्रम झन् घटेर ०.८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । उनका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ । यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ ।

मौसमविद प्रधानांगले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको बताए । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको पनि बताए । पानी पर्ने प्रणाली भने तत्काल नदेखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...