माओवादी चाहिएको हो भने माधव–झलनाथ फिर्ता गर : मन्त्री भट्ट



हाम्रो इकोनोमि

 

विभाजित नेकपाका स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले आफूहरुलाई प्रचण्डले अन्तिम बेलासम्म पनि पूर्व माओवादी जति सबै एकजुट हुनुपर्ने भनेर एकतामा आउन आग्रह गरेको बताएका छन् । बुधवार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित सुदूरपश्चिमका कार्यकर्ता भेलामा ओली पक्षीय नेकपाको प्रदेश इन्चार्ज समेत रहेका भट्टले प्रचण्डमा बैचारिक विचलन आएको आरोप लगाए ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सामुन्ने राखेर उनले भने–प्रचण्डले मलाई वैचारिक बिचलन भएको भन्ने गरेका छन् तर उनी आफैंमा वैचारिक विचलन भएको हो । उनीहरु सडकमा गएर हामी यहाँ छौं भन्दैछन तर अहिले कहाँ छन् भनेर प्रचण्ड–माधव नेपाललाई खोज्ने बेला आएको छ ।

पूर्व माओवादी एकतामा जोड दिने प्रचण्डले पूर्व एमालेमा खेलेर पार्टी विभाजन गरेको भन्दै उनले आफूहरु प्रचण्डसँग जाने हो भने पूर्व एमालेका माधव नेपाल र झलनाथ खनाललाई फिर्ता गर्नुपर्ने बताए ।

भट्टले प्रचण्डले आफूलाई एक नम्बर दुश्मन ठानेको टिप्पणी गर्दै प्रचण्डले आफ्ना गुरुको सम्मान गर्न नजानेका बताए । भट्टले माधव नेपालमाथि हारेर नेता हुने बानी लागेको आरोप लगाए । उनले भने– प्रचण्ड यस्तो चेला हुन् जसले मोहन वैद्य जस्तो गुरुको सम्मान गरेनन् । जुन चेलाले गुरुको सम्मान गर्न स्क्दैन त्यसले कसैको सम्मान गर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...